Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसामाजिक सञ्जालप्रति अविश्वास

सामाजिक सञ्जालप्रति अविश्वास


एक सर्वेक्षणले सन् २०१७ मा सामाजिक सञ्जालप्रति बेलायतीहरूको विश्वास घटेकोदेखाएको छ । दुईतिहाइ बेलायतीले सामाजिक सञ्जालमाथि अविश्वास गर्ने मार्केटिङ तथा पब्लिक रिलेशन कम्पनी इडेलमेन ट्रष्ट ब्यारोमिटरले गरेको सर्वेक्षणले देखाएको हो । सर्वेक्षणअनुसार चारमध्ये एकजना बेलायतीले सामाजिक सञ्जालमाथि विश्वास गर्ने र प्रयोगकर्ताहरूले यसको नियमनमा थप कडाइ गरिनुपर्ने बताएका छन् ।

 

फेसबूक र ट्विटरलगायत सामाजिक सञ्जालहरूले साइबर बुलिङलगायत अवैध व्यवहार रोक्ने प्रभावकारी कदम चाल्न नसकेको सर्वेक्षणमा सहभागीले बताएका छन् । यद्यपि, गतवर्ष पारम्परिक पत्रकारितामाथिको विश्वासमा भने वृद्धि भएको सर्वेक्षणमा पाइएको छ । सर्वेक्षणमा सहभागी ६४ प्रतिशत बेलायतीहरूले सामाजिक सञ्जाल कम्पनीहरू पर्याप्त रूपमा नियमन नभएको, ६३ प्रतिशतले ती सञ्जालहरूमा विश्वसनीयताको अभाव भएको र ६२ प्रतिशतले सामाजिक सञ्जालले मानिसहरूको जानकारीविना नै उनीहरूको तथ्याङ्क बेचिरहेको अभिव्यक्ति दिएका थिए ।

 

‘नागरिकहरूले अनलाइन सुरक्षासँग सम्बन्धित मामिलामा केही आवश्यक कदम उठाओस् भन्ने चाहना राखेका हुन्छन् र उनीहरूका मुद्दाहरू सही नियमनको माध्यमबाट सम्बोधन होस् भन्ने चाहन्छन्,’ इडलमेन यूकेका प्रमुख कार्यकारी अधिकारी एड विलियम्सले भने । सो भूमिका निर्वाह गर्न नसकेमा सामाजिक सञ्जालले थप विश्वसनीयता र सार्वजनिक सहयोग गुमाउनेमा उनले जोड दिए । आधाभन्दा बढी बेलायतीहरू गलत समाचारका कारण चिन्तित हुने गरेको पाइएको छ भने ६४ प्रतिशत उत्तरदाताले आफूहरूले सही पत्रकारिता र गलत समाचारबीच भिन्नता छुट्ट्याउन नसक्ने अभिव्यक्ति दिएका थिए । यो सर्वेक्षण ३ हजारजना बेलायती उत्तरदातामाझ गरिएको थियो र यसमा एकतिहाइ उत्तरदाता १६–१८ उमेर समूहका थिए । एजेन्सी

 




तपाईको प्रतिक्रिया दिनुहोस