Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारस्वैच्छिक अवकाशमा उच्च तहका कर्मचारीले देखाए विशेष रुचि

स्वैच्छिक अवकाशमा उच्च तहका कर्मचारीले देखाए विशेष रुचि


समायोजनमा जान नचाहने कर्मचारीलाई लक्षित गरी सरकारले घोषणा गरेको स्वैच्छिक अवकाशको प्याकेजमा उच्च तहका कर्मचारीले पनि विशेष रुचि देखाएका छन् । २० वर्ष सेवाअवधि पुगेका र ५५ वर्ष उमेर पुगेका उपसचिव र सहसचिवहरू पनि स्वैच्छिक अवकाशमा जान इच्छुक देखिएका हुन् । त्यसमध्ये करिब १० सहसचिवले निवेदन दिइसकेको स्रोतले जनाएको छ । सरकारले स्वैच्छिक अवकाशमा कार्यालय सहयोगी, ड्राइभर, नायब सुब्बा, खरदार, अधिकृत तहका कर्मचारी बढी आकर्षित हुने अनुमान गरेको थियो ।

 

सिडिओहरू पनि अवकाश रोज्दै
विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेकासमेत स्वेच्छिक अवकाशमा जाने भएका छन् । नियमित बढुवाबाट भर्खरै सहसचिव भएका, सचिव बन्ने सम्भावना नभएका र ५५ वर्षभन्दा माथि उमेर भएका सहसचिव अवकाशको पक्षमा हुन् ।

 

अनिवार्य अवकाशको नजिक रहेका कर्मचारी उत्साहित
सरकारले घोषणा गरेको स्वैच्छिक अवकाशमा एक वर्षभित्र अनिवार्य अवकाशमा जान लागेका कर्मचारी धेरै उत्साहित छन् । सबै तहका त्यस्ता कर्मचारीले निवेदन दिन थालेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । जसमा सचिवहरूसमेत पर्छन् । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले सबै कार्यालयमा निवेदन दिने क्रम चलिरहेको बताए । तर, अहिलेसम्म कतिजनाले निवेदन दिए भन्ने विवरण भने नखुलेको उनको भनाइ छ । प्रवक्ता न्यौपानेका अनुसार मन्त्रालयले अब हरेक कार्यालय प्रमुखसँग सम्पर्क गरेर १५ दिनमा निवेदन दिनेको विवरण संकलन गर्ने तयारी गरेको छ ।

 

सचिवहरूकै निवेदन दर्ता
संस्द सचिवालयबाट १४ कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन् । त्यसमध्ये दुई सचिव र एक उपसचिवसमेत छन् । सचिवद्वय वीरेन्द्रबहादुर कार्की र हिमलाल सुवेदी स्वैच्छिक अवकाशमा जान लागेका हुन् । सचिव सुवेदी आगामी असोजमा ६० वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । कार्की भने एक वर्षअघि मात्र सचिव बढुवा भएका थिए ।

 

यस्तै, सहसचिव रघुनाथ शर्माले पनि अवकाशका लागि निवेदन दिने बताएका छन् । उनी पनि आगामी जेठमा उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका सहसचिव रघुनाथ शर्मा र भर्खरै मात्र बढुवा भएका सहसचिव वंशीराज शर्मा पनि अवकाशमा जाने तयारीमा छन् । संसद् सचिवालयका अनुसार अहिलेसम्म स्वैच्छिक अवकाशको निवेदन दिनेमध्ये प्राविधिक अधिकृत चारजना, दुईजना सचिव, एकजना उपसचिव, कार्यालय सहयोगी र चालक छन् ।

 

यसकारण रोजिँदै छ स्वैच्छिक अवकाश
स्थानीय विकास, भौतिक पूर्वाधार, सडक विभाग, सिँचाइ मन्त्रालयका प्राविधिक समूहतर्फका उपसचिव र सहसचिव तहका कर्मचारी समायोजनतर्फ बढी आकर्षित भएका छन् । अहिले अवकाशमा जाँदा सात वर्षको एकमुष्ट पेन्सन सुविधा पाउने र सेवाबाट बाहिरिएपछि विभिन्न आयोजना तथा परियोजनामा काम गर्न पाइने भएका कारण उनीहरू अवकाशप्रति आकर्षित भएका हुन् । सामान्य प्रशासन मन्त्रालयका अनुसार स्वैच्छिक अवकाशमा जान करिब २२ हजार कर्मचारी योग्य छन् ।नँया पत्रिका




तपाईको प्रतिक्रिया दिनुहोस