Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारराष्ट्रियसभा सदस्यका लागि कांग्रेस उम्मेदवार टुङ्गायो, आरजु देउवाले पाइनन् टिकट (सूचीसहित)

राष्ट्रियसभा सदस्यका लागि कांग्रेस उम्मेदवार टुङ्गायो, आरजु देउवाले पाइनन् टिकट (सूचीसहित)


नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका १६ उम्मेदवार छनोट गरेको छ । तर, लबिङका बाबजुद प्रधाानमन्त्री पत्नी आरजु देउवाले टिकट पाइनन् ।

शीर्ष नेताहरुको बैठकले प्रदेश ४, ५, ६ र ७ का चार/चार उम्मेदवार छनोट गरेको हो । प्रदेश ७ बाट बद्री पाण्डेले खुला सदस्यचर्फ टिकट पाएका छन् ।

प्रत्येक प्रदेशमा ८/८ (तीन महिला, तीन खुला, एक दलित र एक अपाङ्ग तथा अल्पसंख्यक) सिट हुन्छ । तर, कांग्रेसले चार प्रदेशको ४/४ सिटमा मात्र उम्मेदवारी दिने भएको छ ।

प्रदेश १, २ र ३ को भने उम्मेदवार छनोट हुन बाँकी छ ।

कोको भए उम्मेदवार ?

 प्रदेश नम्वर ४

सुरेन्द्रराज पाण्डेअन्य समूह

बृन्दा राना मगरमहिला,

जीतबहादुर नेपालीदलित

 प्रकाश पन्त, अपाङ्ग

प्रदेश नम्वर ५

दुर्गाप्रसाद उपाध्यायअन्य समूह

अनिता देवकोटामहिला

मैकुलाल बाल्मीकिदलित

लुटबहादुर खत्रीअपाङग्

प्रदेश नम्वर ६

विष्णुबहादुर शाहीखुला

सूर्यदेवी मल्लमहिला

सिताराम विकेदलित

गोपालप्रसाद शर्माअपाङ्ग

प्रदेश नम्वर ७

बद्री पाण्डेखुला

तारादेवी भट्टमहिला

शेरी राम पार्कीदलित

 छत्रराज जोशीअपाङ्ग




तपाईको प्रतिक्रिया दिनुहोस