गृहपृष्ठ ∕ समाचार ∕ धमला पत्नी एलिजा कार्टुञ्ज क्रुजका सरोजको अँगालोमा धमला पत्नी एलिजा कार्टुञ्ज क्रुजका सरोजको अँगालोमा पुलेसो १३ माघ, २०७७, मंगलबार ११:२० सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण र अभिनय रहेको चलचित्र अनुरागको यति बेला गीतको छायाङ्कन भइरहेको छ । दुईवटा गीतको छायाङ्कन बाँकी राखिएर चलचित्रको सम्पूर्ण छायाङ्कन सकिएको बताइएको छ । ताराप्रकाश लिम्बुको सङ्गीतमा ताराप्रकाश र ममता गुरुङको स्वरमा रहेको ’कान्छा दाइ गाना बजाइ देऊ न’ बोलको हाल छायाङ्कन भइरहेको छ । दरबारमार्गको एक क्लबमा छायाङ्कन भइरहेको गीतमा एलिजा गौतम र कार्टुञ्ज क्रुजका सरोज अधिकारीले जोडी बाँधेका छन् ।भिडियाको कोरियोग्राफी विक्रम स्वारले गरेका छन् । सत्यराज चौलागाईँको निर्देशन रहेको चलचित्र ुअनुरागुमा एलिजाको अपोजिट समुन्द्र पण्डित छन् । साङ्गीतिक प्रेम कथामा तयार भएको चलचित्रलाई एरिका फिल्म्सको ब्यानरले निर्माण गरेको हो । चलचित्रमा किरण दाहालको कथा, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको सङ्गीत रहेको चलचित्रमा रामकुमार के।सीको छायाङ्कन छ ।सिनेपाटी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका