गृहपृष्ठ ∕
समाचार ∕
पाँचौँ खिचरा (माघी) महोत्सव समापन, पाँचजना पत्रकारलाई सम्मानित पाँचौँ खिचरा (माघी) महोत्सव समापन, पाँचजना पत्रकारलाई सम्मानित
पुलेसो १३ माघ, २०७७, मंगलबार ११:०६
पुस २८ देखि चितवनको खैरहनीमा ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने नारासहित शुरु भएको पाँचौँ खिचरा ९माघी० महोत्सव सोमबार समापन भएको छ ।
थारु कल्याणकारिणी सभा, चितवनको क्षेत्र नम्बर ७ ले थारु संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको महोत्सवमा प्रतियोगितात्मक थारु सांस्कृतिक घरेलु हस्तकला र कृषि प्रदर्शनीसमेत गरिएको थियो ।
समापनका अवसरमा यहाँका पाँचजना पत्रकारलाई सम्मानित गरेका छन् । महोत्सवको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार सन्तकुमार चौधरी, राजु चौधरी, ध्रुवराज खनाल, राजेन्द्र आचार्य र अनिल कुँवरलाई नगद रु पाँच हजारसहित खिचरा महोत्सव आयोजक समितिले सम्मान गरेको हो ।
पत्रकार राजु चौधरीले आफूले पाएको नगद सम्मानलाई थारु आन्दोलनका घाइते सञ्जीत महतो राहत कोषलाई प्रदान गर्नुभएको छ । महोत्सवमा आकर्षणको रुपमा थारु जातिको मुख्य खानाको परिकारमध्येको घोंगी र चिचरको पाँच फिटको विशाल मूर्ति प्रदर्शनमा राखिएको थियो । महोत्सवमा करिब दुई लाख दर्शकले अवलोकन गरेको महोत्सव मूल समारोह समितिका संयोजक नारायणप्रसाद महतोले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति, चितवनका अध्यक्ष कृष्ण डल्लाकोटीले यस महोत्सवले थारु कला संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
महोत्सवमा आउने दर्शकको टिकटमा रु ३५ हजार बराबरको बम्पर उपहार स्वरुप पलङ राखिएको थियो भने प्रत्येक रु ५० को टिकटमा रु २५ बराबरको एक थान पल्पी जुस उपहारको व्यवस्था गरिएको थियो ।
महोत्सवमा चर्चित गायक प्रमोद खरेल, शिव परियार, मिलन अमात्य, कमल खत्री, सञ्जय चौधरी, पशुपति शर्मा, मिलन लामा, मनोज महतो, दुर्गा सापकोटा, सुरेश लामा, राज कुश्मी, अन्जु कुश्मीलगायत कलाकारले जोडदार प्रस्तुति दिएका थिए ।