Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारआफ्नो घर आफैँ भत्काउने १९ जनालाई धनगढीमा सम्मान

आफ्नो घर आफैँ भत्काउने १९ जनालाई धनगढीमा सम्मान


मोहनापुल अत्तरिया ६ लेन सडकमा रहेका आफ्ना संरचना आफैँ भत्काउने १९ जनालाई धनगढीमा सम्मान गरिएको छ । धनगढी युवा दवाव समूहले ट्राफिक चौराहमा कार्यक्रम गर्दै आफ्नो घर भत्काएर विकासका लागि बाटो खुल्ला गरेका १९ जनालाई सम्मान गरिएको हो ।

मोहनापुल अत्तरीया ६ लेन सडकको निर्माणलाई समर्थन गर्दै स्वस्फूर्त रुपमा आफ्ना संरचना भत्काएका ताराबहादुर चन्द, उपेन्द्र घिमिरे, रामअवतार गुप्ता, गोपाल श्रेष्ठ, सुकदेव शाह, जयकिशोर शर्मा, श्यामसुन्दर शर्मालाई सम्मान गरिएको हो ।

यस्तै पदमप्रशाद प्रसाई, शान्ता आचार्य, गौरीदेवी शाही, बसुन्धरा घिमिरे, नन्दलाल भट्ट र सरोज शाहलगायतलाई पनि अविर र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।उज्यालो अनलाइन




तपाईको प्रतिक्रिया दिनुहोस