Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारस्वान्सी सिटीले लिभरपुललाई झट्का

स्वान्सी सिटीले लिभरपुललाई झट्का


इङ्लिस प्रिमियर लिगको स्वान्सी सिटीले च्याम्पियन्स लिगको होडमा रहेको लिभरपुललाई झट्का दिएको छ ।

गएराती भएको प्रिमियर लिगको २४ औँ चरणको खेलमाा स्वान्सीले १–० ले हराउँदै च्याम्पियन्स लिगमा स्वतः छनोट हुने लिभरपुलको यात्रामा धक्का दिएको हो ।

स्वान्सी सिटीको घरेलु मैदान भएको खेलको ४०औँ मिनेटमा अल्फी अवसनले निर्णायक गोल गर्दै आफ्नो टिमलाई रेलिगेसनबाट जोगाउन महत्त्वपूर्ण ३ अंक दिलाउन सफल भए ।

स्वान्सीसँग अप्रत्यासित पराजयपछि लिभरपुलले २४ खेलबाट ४७ अंक जोड्दै लिगको चौथो स्थानमा कायमै छ। उता यो जितपछि लिगको पुच्छरमा रहेको स्वान्सीले वेस्ट ब्रोमसँगै समान २० अंक जोडेको छ । अंक तालिकामा स्वान्सी गोलअन्तरले सबैभन्दा तल परेको छ।




तपाईको प्रतिक्रिया दिनुहोस