Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रदेशसभाको पहिलो बैठक तयारीका लागि बजेट अभाव

प्रदेशसभाको पहिलो बैठक तयारीका लागि बजेट अभाव


प्रदेश २ को पहिलो बैठक २१ माघका लागि तोकिए पनि बजेटको अभावमा कार्यक्रम तयारी अहिलेसम्म अगाडि बढ्न सकेको छैन । बैठकका लागि जनकपुर उपमहानगरपालिका–१२ स्थित शैक्षिक तालिम केन्द्र निर्धारण गरिएको छ ।

उक्त तालिम केन्द्रमा संसद भवन, सचिवालय, सभामुख, उपसभामुखको कार्यालय र निवास राख्ने योजना रहेको छ । यो योजनाका लागि सहरी डिभिजन तथा भवन कार्यालयलाई अधिकार दिइएको छ । सो कार्यालयका प्रमुख गंगाराम यादवले प्रदेश २ को सबै पक्षको व्यवस्था गर्न सरकारसँग दुई साताअघि नै ५५ करोड रूपैयाँ माग गरिएको जानकारी दिए । जनकपुरमा प्रदेश प्रमुख, मुख्यमन्त्रीको कार्यालय र निवासलाई जनकपुर चुरोट कारखानाभित्र राख्ने योजना रहेको छ भने सभामुख, उपसभामुखको कार्यालय, संसद् यी सबै शैक्षिक तालिम केन्द्रमा रह्नेछन् । बजेट आउनासाथ तयारी युद्धस्तरमा गरिने बताइएको छ ।

मन्त्रालयहरू कहाँ राखिने अहिलेसम्म तय हुन सकेको छैन । केहीले शैक्षिक तालिम केन्द्रकै प्रांगणमा बनाउन भनिरहेका छन भने केहीले जनकपुर चुरोट कारखाना लिमिटेड ९जचुकालि० मा राख्ने बताइरहेका छन् ।

प्रदेशसभाको पहिलो बैठकपछि मन्त्रालयहरू कहाँ राख्ने भन्ने तय गरिने सरकारी योजना रहेको छ । प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले जचुकालिका भवनहरूको सोमबार निरीक्षण गरेका छन् । प्रमुख कायस्थले जचुकालिभित्र धेरै भौतिक सम्पत्ति रहेका तिनको उपयोग गर्नुपर्ने बताए ।

प्रदेश २ मा एक महिनाभित्र मुख्यमन्त्री बन्ने हिसाबले कार्य युद्धस्तरमा बढाउने पक्षमा आफू रहेको उनले बताए । भवनको अभावमा प्रदेश २ का प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण जनकपुर उद्योग वाणिज्य संघको राजर्षि जनक हलमा गर्नुपरेको थियो ।राजधानी




तपाईको प्रतिक्रिया दिनुहोस