Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनेपाललाई ‘ट्रान्जिट’ बनाइ कोकिन तस्करी : क्याप्सुलदेखि माछा मार्ने प्लास्टिकको डोरीसम्म

नेपाललाई ‘ट्रान्जिट’ बनाइ कोकिन तस्करी : क्याप्सुलदेखि माछा मार्ने प्लास्टिकको डोरीसम्म


२०६८ सालयता प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले ३२ किलो १ सय ७९ दशमलव ५ ग्राम लागूऔषध कोकिन बरामद गरेको छ । कोकिन तस्करीमा संलग्न स्वेदशी तथा विदेशी गरी हालसम्म २० जना पक्राउ परेका छन् ।

नेपालमा कोकिनका दुव्र्यसनी अहिलेसम्म फेला नपरेको प्रहरीको दाबी छ । कोकिन कारोबारीका अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ‘ट्रान्जिट’ बनाइरहेका छन् । प्रहरीले हालसम्म बरामद गरेको कोकिन विदेशी सूचनाकै आधारमा हो । प्रहरीले सूचना नपाएका कोकिन अहिले पनि नेपालको बाटो हुँदै तस्करी भइरहेको प्रहरी अधिकारी अस्विकार गर्दैनन् ।

कोकिन ओसारपसार अपराधमा खासगरी बोलिभियाली, फिलिपिनी, मलेसियाली, दक्षिण अफ्रिकी, थाई, चिनियाँ, पाकिस्तानी, भारतीय, नाइजेरियाली र भेनेजुएलाका नागरिक पक्राउ परेका छन् । कोकिन तस्करीमा हालसम्म एक जना मात्र नेपाली संलग्न देखिएको छ ।

तस्करहरूले नेपाली रुट हुँदै कोकिन ओसार्ने भरिया नेपाल पस्नुअघि नै होटलदेखि फर्किने हवाई टिकटसमेत व्यवस्था गरेका हुन्छन्। प्रहरीबाट जोगिन ह्वाट्स एप र भाइबरमा कुराकानी गर्छन् । तस्करले धेरै उपयोग गर्ने अन्तर्रा्ष्ट्रिय रुटमा बोलिभिया, ब्राजिलको साओपाओलो, इथियोपिया, भारतको नयाँ दिल्ली हुँदै नेपाली विमानस्थल पर्छन् ।

तस्करले धेरै उपयोग गर्ने अन्तर्राष्ट्रिय रुटमा बोलिभिया, ब्राजिलको साओपाओलो, इथियोपिया, भारतको नयाँ दिल्ली हुँदै नेपाली विमानस्थल पर्छन् । अहिलेसम्मको प्रहरी अनुसन्धानले तस्कर बोलिभियामा बसेर भरियामार्फत कोकिन कारोबार गर्दै आएको देखाएको छ ।

कोकिनः क्याप्सुलदेखि नाइलनको डोरीसम्म
प्रहरीका अनुसार तस्करले झुक्याउन प्लास्टिक कोटेड क्याप्सुलदेखि नाइलन कोटेड डोरीलगायत विभिन्न वस्तुभित्र कोकिन राखी तस्करी गर्दै आएका छन् । २०७० फागुन ६ गते विमानस्थलबाट पक्राउ परेका नामिबियाली रेमन्ड जुंगु ओपेलले प्लास्टिक कोटेड क्याप्सुलमा कोकिन ल्याएका थिए । पेटको एक्स–रेमा क्याप्सुल देखिएपछि उनलाई अस्पतालमा लगी १ किलो ९ सय ४ ग्राम कोकिन बरामद गरिएको थियो ।
३ पाकिस्तानी महिला क्रमशः क्रिस्टिना, लोइस र आयशाले बिएन्डएस स्याम्पूको बट्टा, रेक्सोना इफिसियन्ट स्याम्पूको बट्टा, भिल्ला रिका कफिको प्याकेट र सुटकेसको डन्डीमा २ किलो ८ सय ३० ग्राम कोकिन ल्याएका थिए ।

भेनेजुएलाकी यमरिस कारमेन नाराभेजले गत वर्ष जेठ ९ गते ल्याएको १ किलो ६ सय २६ ग्राम कोकिन लिन आएका पपुवा न्युगिनीका मोहमेद लमाइन डोवा, नेपाली दिलबहादुर तामाङ र भारतीय तोइड खान पक्राउ परेका थिए । उनले माछा मार्ने प्लास्टिकको डोरीमा कोकिन ल्याएकी थिइन् ।

अन्नपूर्ण पोस्ट




तपाईको प्रतिक्रिया दिनुहोस