गृहपृष्ठ ∕ समाचार ∕ १० औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितामा मध्यमाञ्चल प्रथम स्थानमा १० औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितामा मध्यमाञ्चल प्रथम स्थानमा पुलेसो १३ माघ, २०७७, मंगलबार ८:४३ विराटनगरमा सम्पन्न १० औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितामा मध्यमाञ्चलले तीन स्वर्ण, दुई रजत र तीन कास्य पदकका साथ प्रथम स्थान प्राप्त गरी सोमबार खेल सम्पन्न भएको छ । प्रतियोगितामा पूर्वाञ्चलले तीन स्वर्ण, एक रजतका साथ दोस्रो र मध्यपश्चिमाञ्चलले एक रजत र दुई कास्यका साथ तेस्रो भएका छन् । माघ ४ गतेदेखि शुरु भएको प्रतियोगितामा पूर्वाञ्चल, सुदूरपश्चिमाञ्चल, पश्चिमाञ्चल, मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र सशस्त्र प्रहरीका गरी ८२ जना खेलाडी सहभागी रहेका थिए । विजयी खेलाडीलाई पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रवीन नगरकोटीले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरको बैजनाथपुर र जुट मिलमा रहेको कोर्टमा प्रतियोगिता भएको थियो । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका