Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारबालबालिका तान्न अभिभावकलाई लोभ्याउन सरस्वती पूजाको उपयोग

बालबालिका तान्न अभिभावकलाई लोभ्याउन सरस्वती पूजाको उपयोग


सोमबार बिहानै असंख्य विद्यार्थीले  सरस्वतीको पूजा आराधना गर्दै विद्या प्राप्तिको कामना गरे। कतिपय अभिभावकले भर्खर हुर्कंदै गरेका नानीबाबुलाई अक्षर चिनाउने सुरुवाती दिनको रुपमा पनि यस पर्वलाई उपयोग गरे।

 

यही मेसोमा निजी विद्यालय सञ्चालकहरूले स्कुल परिसरमा सरस्वतीको भव्य पूजा समारोहको आयोजना मात्र गरेनन् विद्यारम्भ गर्ने उमेरका साना बालबालिका तान्न अभिभावकलाई लोभ्याउन अनेकौं भर्ना शुल्कमा छुटलगायत विभिन्न ‘अफरहरु दिनसमेत उपयोग गरे। अधिकांश निजी विद्यालयले सरस्वती पूजाका दिन भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्कमा ५० देखि सय प्रतिशतसम्म छुट दिए।

 

केही निजी विद्यालयले त भर्ना गर्ने पहिलो विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, कपिलगायत स्टेसनरीसमेत निःशुल्क दिने घोषणा गरे। गल्लीमा समेत विद्यार्थी लोभ्याउन स्कुल सञ्चालकहरूले यस्ता छुटसम्बन्धी पर्चा, पम्प्लेट झुण्ड्याएका छन्। तर शिक्षाविद्हरूले भने स्कुल सञ्चालकका यस्ता गतिविधिलाई ‘ श्रीपञ्चमीको नाममा गरिएको व्यापारुको संज्ञा दिएका छन्। यो पर्व किन मनाइयो ?  यसको महत्वबारे स्कुल सञ्चालकहरू अनभिज्ञ रहेको शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले बताए।

 

‘दसैं वा चाडपर्वमा व्यापारीहरूले कपडामा छुट दिए जसरी श्रीपञ्चमीमा छुट दिनु गलत होु, उनले भने, ‘मैले चिनेका कतिपय विद्धानले त श्रीपञ्चमीलाई सरस्वतीको जन्मदिनका रूपमा अथ्र्याए।

 

बौद्ध नयाँबस्तीस्थित लर्ड्स लाइट एकेडेमीका प्राचार्य मणिराम खवासले श्रीपञ्चमीमा अक्षर चिनाउने चलन पुरानो भएकाले स्कुल सञ्चालकहरूले आफू अनुकूल यस दिनलाई प्रयोग गर्दा अन्यथा लिन नहुने बताए। ‘हाम्रो काम शिक्षा दिने हो। यसका लागि विद्यार्थी आकर्षित गराउनै पर्‍योु, उनले भने, ‘कुनै स्कुलले कति प्रतिशत छुट दिने उनीहरूमा भर पर्छ। तर मुख्य कुरा नानीबाबुलाई कुन स्कुलमा पढाउनु बेस र कसले कति सहुलियत दिँदा आफूलाई ठीक हुन्छ अभिभावक विश्वस्त हुनुपर्‍यो।  अन्नपूर्ण पोष्ट




तपाईको प्रतिक्रिया दिनुहोस