Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारबस दुर्घटना, तीन जनाको मृत्यु ,३० घाइते

बस दुर्घटना, तीन जनाको मृत्यु ,३० घाइते


सल्यानमा भएको बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका वडा नं. ६ स्थित सडक खण्डमा आइतबार दिउँसो भएको बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको हो। घटनामा ३० जना घाईते भएको वडा प्रहरी कार्यालय लुहामका प्रमुख लक्ष्मण डाँगीले सेतोपाटीलाई बताए।

लुमाह प्रहरी प्रमुख डाँगीले तीन जनाको घटनास्थलमै मृत्यु भएको भए पनि उनीहरुको सनाखत भने हुन नसकेको जानकारी दिए। घाइतेहरुको यो खवर तयार पार्दै गर्दा सल्यानको श्रीनगरस्थित विभिन्न मेडिकलहरुमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

रूकुमबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको ना ५ ख ५३१ नं. बस आइतबार दिउँसो २ बजेतिर लुहामको बैघारे खोलामा सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटना भएको थियो।  बस दुर्घटनाको कारण पत्ता नलागेको जानकारी दिइएको छ। अहिले घाइतेको उद्धारमा लागेको हुँदा दुर्घटनाबारे वृस्तृत जानकारी केही बेरमै प्राप्त हुने प्रहरीले बताएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस