गृहपृष्ठ ∕ समाचार ∕ पानी नहुँदा प्रसूति सेवा बन्द, ३० जना आमाले घरमै बच्चा जन्माए पानी नहुँदा प्रसूति सेवा बन्द, ३० जना आमाले घरमै बच्चा जन्माए पुलेसो १२ माघ, २०७७, सोमबार १२:०६ बैतडीको पुरचौंडी नगरपालिका वडा नम्बर –९ मा रहेको तल्लादेही स्वास्थ्य चौकीमा पानीको अभावका कारण प्रसूति सेवा बन्द भएको छ । झण्डै एक वर्ष यता स्वास्थ्य संस्थामा आउने पानी बन्द भएपछि प्रसूति सेवा बन्द भएको तल्लादेही स्वास्थ्य चौकीले जनाएको छ ।स्वास्थ्य चौकीमा प्रसूति सेवा बन्द भएपछि गर्भवती महिलाहरु घरमै बच्चा जन्माउन बाध्य भएका छन् । अहिले सम्म ३० जनाले घरमै बच्चा जन्माएका छन् । स्वास्थ्य चौकीमा प्रसूति सेवा नहुँदा निकै गाह्रो भएको स्थानीय तारा भण्डारीले जानकारी दिनुभयो । गाउँ भएर स्वास्थ्य चौकीमा आउने पानी व्यवस्थापन गर्न नसक्दा पानीको अभाव भएको हो ।तल्लादेही स्वास्थ्य चौकीमा पानीको अभावमा प्रसूति सेवा बन्द भएपछि पानीको व्यवस्थापनका लागि छलफल सुरु गरिएको हेल्थ फाउन्डेसन नेपालका जिल्ला संयोजक अम्बादत्त अवस्थीले जानकारी दिनुभयो । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका