Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारयही माघ १५ गतेबाट गोलबजारमा स्वर्ण महोत्सव शुरु

यही माघ १५ गतेबाट गोलबजारमा स्वर्ण महोत्सव शुरु


बजार स्थापना भएको ५०औँ वर्षको अवसर पारेर सिरहाको गोलबजारमा स्वर्ण महोत्सव यही माघ १५ गतेबाट शुरु हुने भएको छ ।

 

यही माघ १५ गतेबाट शुरु हुने महोत्सव ७ दिनसम्म चल्ने मूल आयोजक समितिका संयोजक राजकुमार श्रेष्ठले गोलबजारको आर्थिक तथा भौतिक विकास, धार्मिक पर्यटन प्रवद्र्धन र स्थानीय स्तरबाट उत्पादित वस्तुको बजार प्रवद्र्धन गर्ने उद्देश्यले शुरु हुनेजानकारी दिनुभयो ।

 

गोलबजारस्थित मुख्य चौकमै आयोजना हुने महोत्सवमा २०० स्टल राखिने र अधिकांश स्टल बुक भइसकेको संयोजक श्रेष्ठले बताउनुभयो।

 

महोत्सव अवधिभरि कमल खत्री, शुष्मा कार्की, सुगम पोखरेल, इन्दिरा जोशी लगायत ख्यातिप्राप्त कलाकारले सांगीतिक कोशेली पस्किने कार्यक्रम रहेको छ ।

 

महोत्सवबाट हुने आम्दानी गोलबजार उद्योग व्यापार संघको स्वामित्वमा रहेको अतिथि सदनलाई सहयोग गरिने संयोजक श्रेष्ठको भनाइ छ ।




तपाईको प्रतिक्रिया दिनुहोस