गृहपृष्ठ ∕ समाचार ∕ रियाल मड्रिडले गोलको बर्षा , रोनाल्डो भए रक्ताम्मे रियाल मड्रिडले गोलको बर्षा , रोनाल्डो भए रक्ताम्मे पुलेसो १२ माघ, २०७७, सोमबार ९:३१ स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले गोलको बर्षा गरेको छ । आइतबार राति भएको खेलमा रियाल मड्रिडले डिपोर्टिभो लाकोरुनालाई ७–१ ले हराएको हो । क्रिष्टियानो रोनाल्डो, नाचो र ग्यारेथ बेलले २–२ गोल गरे । लुका मोड्रिचले १ गोल गरे । खेलको सुरुआत रमाइलो थियो । अग्रता खेलमा अग्रता भने डिपोर्टिभो लाकुरानाले लिएको थियो । २३ औं मिनेटमा एड्रियन लोपेजले डिपोर्टिभोका लागि गोल गरेका थिए । तर अग्रता जोगाउन सकेन । मध्यान्तरसम्म २–१ ले पछि परेको डेपोर्टिभोले मध्यान्तरपछि पाँच गोल खायो ।यो खेलमा गोल गरेपछि रोनाल्डोलाई पनि शान्ति मिलेहोला । सर्वाधिक सफल रोनाल्डोले आगामी समरमा क्लव छाड्न सक्ने क्लव व्यवस्थापनले भनेपछि द्धन्द्ध चर्किएको छ । यो खेलका क्रममा रोनाल्डोलाई चोट लागेको छ । उनी रक्ताम्मे भएका छन् ।यो जितसँगै रियाल मड्रिड अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । एजेन्सी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका