Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारस्पेनिस ला लिगा फुटबलमा मेस्सी र स्वारेजले बार्सिलोनालाई सहज जित

स्पेनिस ला लिगा फुटबलमा मेस्सी र स्वारेजले बार्सिलोनालाई सहज जित


स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राती भएको खेलमा लिग लिडर बार्सिलोनाले रियल बेटिसलाई ५ – ० ले पराजित गरेको हो ।

रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र लुइस स्वारेजले समान दुई दुई गोल गरे । बार्सिलोनाको जितमा थप एक गोल इभान राकिटिकले गरेका थिए । यो जितसँगै बार्सिलोनाले लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले गोलको बर्षा गर्दै सहज जित निकालेको हो । रियल बेटिसबिरुद्ध गोल निकाल्न बार्सिलोनालाई ५९ औं मिनेटसम्म कुर्नु परेको थियो । खेलको ५९ औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । त्यसको पाँच मिनेट नबित्दै मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता २ – ० को बनाए ।

खेलको ६९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता ३ – ० को बनाए । ८० औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ४ – ० ले अघि रहयो । त्यसपछि खेलको ८९ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५ – ० को सहज जित दिलाए ।

यो जितसँगै शिर्ष स्थानको बार्सिलोनाले २० खेलबाट ५४ अंक बनाएको छ । पराजित रियल बेटिस २७ अंक जोडेर ११ औं स्थानमा छ । लिगको दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ४३ र तेस्रो स्थानको भ्यालेन्सियाको ४० अंक छ ।एजेन्सी 




तपाईको प्रतिक्रिया दिनुहोस