Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारन्यायाधीश र अदालतको टिकाटिप्पणीको परिणाम सिंगो राष्ट्रले भोग्नुपर्छः प्रधानन्यायाधीश

न्यायाधीश र अदालतको टिकाटिप्पणीको परिणाम सिंगो राष्ट्रले भोग्नुपर्छः प्रधानन्यायाधीश


प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्यायाधीशमाथि गरिने अनुचित टिकाटिप्पणीको परिणाम न्यायाधिश वा अदालतले मात्र नभएर सिङ्गो राष्ट्रले नै भोग्नुपर्ने बताएका छन्।

प्रेस काउन्सिलद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पराजुलीले सर्वसाधारण जनताको नजरमा अदालतलाई गिराउने कार्यले न्यायपूर्ण समाज निर्माणको गतिलाई नै अबरोध गर्ने बताएका हुन्।

‘जब न्यायाधीशको निष्पक्षता र क्षमतामाथि अनुचित टिकाटिप्पणी गरी सर्वसाधारणको नजरमा अदालतलाई गिराउने कार्य गरिन्छ, त्यसले न्यायपूर्ण समाज निर्माणको गतिलाई नै अवरोध सिर्जना गर्छ’, उनले भने,‘न्यायपालिकालाई होच्याएर, विवादमा मुछेर जनसाधारणलाई अदालतप्रति अनास्था उत्पन्न हुने प्रयास गरियो र निष्पक्ष रुपमा न्याय दिन नसक्ने अवस्थामा पु¥याइयो भने त्यसको परिणाम न्यायाधीश वा अदालतले मात्रै नभएर सिंगो राष्ट्रले नै भोग्नुपर्ने हुन्छ।’

पराजुलीले संविधानको मर्मअनुसार चल्ने अदालतको न्यायीक प्रणालीमा भीडको आक्रमण र जुलुसको निर्देशनको कुनै गुन्जायस नरहने प्रष्ट पारे। उनले अदालत वा कुनै न्यायाधीशका बारेमा निश्चिन्त भएर लेख्न पाइने भन्दै उक्त लेखाइ भने सत्यतामा आधारित हुनुपर्ने बताए।

सञ्चारमाध्ययले बिचाराधिन मुद्धामा समेत प्रभाव पार्नेगरी समाचार सम्प्रेषण गरेको भन्दै पराजुलीले उक्त कार्यले न्यायपालिकाको गरिमामै आँच आउने बताए। हार्ने पक्षको संवेदनशीलतालाई सञ्चारमाध्यमले उचाल्न नहुने भन्दै उनले लाइक र सेयरका लागि मात्र समाचार नलेख्न अनुरोध गरे।

‘सञ्चारमाध्यममा प्रकाशित समाचार कति लाइक भयो वा सेयर भयो भन्दापनि कति सत्य छ भन्ने कुराको आत्ममूल्यांकन हुन सकेमात्र यसको विश्वसनियता कायम हुन्छ’, उनले भने। प्रेस काउन्सिलले अनलाइनबाटै उजुरी र गुनासो दर्ता गर्नसक्ने प्रणालीको सुभारम्भ प्रधानन्यायाधीश पराजुलीबाट गराएको थियो।




तपाईको प्रतिक्रिया दिनुहोस