Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रभासका काकाले गरे बाहुबलीको बिहेबारे खुलासा ?

प्रभासका काकाले गरे बाहुबलीको बिहेबारे खुलासा ?


पछिल्ला दिनमा अभिनेता प्रभास चर्चामा छन् । कहिले फिल्म साहोलाई लिएर त कहिले विवाहका कारण प्रभाव चर्चामा छन् । प्रभासका फ्यान्सका लागि यो ठूलो समाचार हो । स्रोतहरुका अनुसार बाहुबलीले यस वर्ष विवाह गर्न सक्छन् ।

तेलगू फिल्म उद्योगमा जमेका कलाकार कृष्णम राजू जो प्रभासका काका समेत हुन् उनले बाहुबलीको विवाह बारे विशेष खुलासा गरेको समाचार भारतीय सञ्चारमाध्यमहरुमा आएका छन् ।

भारतीय सञ्चार माध्यमहरुसँगको कुराकानीमा कृष्णमले प्रभासको विवाहलाई लिएर खुलासा गरेका हुन् । कृष्णमले आफूलाई हरेक अन्तर्वार्तामा प्रभासले कहिले विहे गर्छन् भन्दै प्रश्न आउने गरेको भन्दै यसको जवाफ दिएका हुन् ।

प्रभासका काका कृष्णमका अनुसार प्रभासको यस वर्ष विवाह गर्ने तयारी रहेको छ ।

उनलाई धेरै युवतीहरुले प्रेम प्रस्ताव राखेको भएपनि प्रभासले भने यसै भनिनसकेको तर विवाह गर्ने योजनामा भने रहेको उनको भनाइ छ । पारिवारीक रुपमा पनि विवाहको तयारी गरिएको तर फिल्मको सुटिङमा रहेका कारण मिति तय नभएको उनको दाबी थियो । कृष्णमले प्रभाससँग विहे गर्ने युवतीबारे भने केही बताउन चाहेनन् ।

प्रभास फिल्म बाहुबली २ पछि फिल्म साहोको शुटिङमा व्यस्त छन् । यस फिल्ममा उनका साथ श्रद्धा कपुर देखिने छिन् । साहो तेलगूसहित हिन्दी भाषामा पनि रिलिज हुने छ ।

समाचारहरुका अनुसार प्रभास फिल्म बाहुबलीकी मूख्य पात्र अनुष्का शर्माका साथ लामोसमय देखि नजिक छन् । हालसालै प्रभासले अनुष्कालाई उनको जन्मदिनमा महंगो गाडीसमेत उपहार दिएका छन् । यसका साथै अनुष्काले प्रभासलाई पनि महंगो घडी उपहार दिएकी थिइन् । यी दुईलाई कयौं अवसरमा सँगै देखिने गरिएको छ ।

 




तपाईको प्रतिक्रिया दिनुहोस