Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारभारतको पटक – पटकको दादागिरीपछि अब पनि सिमा नछोडे युद्ध गर्ने तयारीमा नेपाली आर्मी

भारतको पटक – पटकको दादागिरीपछि अब पनि सिमा नछोडे युद्ध गर्ने तयारीमा नेपाली आर्मी


भारतको दादागिरीपछि नापी बिभागको टोली वीरगञ्ज पुग्यो, के भन्छन् सर्वेक्षण टोलीका कमाण्डर ?  सीमा स्तम्भ मर्मतका क्रममा नेपालको लगभग ५० बिगाहा जमिन भारतले कब्जा गरेको समाचार सार्वजनिक भएपछि नापी विभागको एक टोली वीरगञ्ज पुगेको छ ।पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले दिएको जानकारी अनुसार नापी विभागका निर्देशक अनिल मरासिनी नेतृत्वको टोली मिचिएको सीमाको सत्य–तथ्य बुझ्न वीरगञ्ज पुगेको हो । प्राविधिक रुपमा नक्सांकन मिलेरनमिलेको अध्ययन गर्नकै लागि नापी विभागका निर्देशकसहितको टोली वीरगञ्ज आइपुगेको उनले बताए ।

‘सीमा मिचिएको निवेदन पाएपछि तुरुन्त काम रोक्न निर्देशन दिएकै हो, तथ्य क्लिएर भएपछि मात्रै काम अघि बढ्छ’ प्रजिअ सिंहले भने, ‘एकधुर जमिन पनि तलमाथि नहोस् भन्नेमा हामी सचेत छौं ।’नेपाल-भारत सीमा सर्वेक्षण टोलीका लिडर९कमाण्डर० एवं प्रमुख नापी अधिकृत रमेश ज्ञवाली प्राविधिक कुराहरु नबुझेकै कारण पिलर निर्माणको क्रममा समस्या देखिएको बताउँछन् । नयाँ सीमा स्तम्भ गाड्ने क्रममा यस्ता समस्याहरु यसअघि पनि आएको उनको तर्क छ ।

‘ सीमा स्तम्भ मर्मत र निर्माणको काम हामीले यसअघि देखि नै गर्दै आएका हौं, भुषण देव राय र वलिव मियाँको १०७र१०७ वर्ग मिटर जमिन भारततर्फ पर्न गएको छ ’, उनले भने ‘ स्थानीयको दावी अनुसार आवश्यक कागजपत्र छ वा छैन हामी जाँच गर्छौ, त्यसपछि फारम भरेर तथ्यांक संकलन गरेर सर्भे डिपार्टमेन्टमा पठाउँछौं ।’

उनले त्यस्ता जग्गा धनीका लागि राज्यले के गर्छ भन्ने बारेमा भने अनविज्ञता व्यक्त गरे । ‘ हामी त फारम भरेर विभागमा पठाउँछौं, विभागले परराष्ट्रमा पठाउँछ होला, त्यतिकै त लगत लिँदैन मुआब्जा दिने हो वा अरु केही व्यवस्था हुन्छ होला । प्राविधिक कुरा मात्रै मेरो अधिकार क्षेत्र भित्र पर्छ । नेपाल र भारतबीच उच्च स्तरीय सहमतिबाट सीमा क्षेत्रमा हराएका र क्षतिग्रस्त पिल्लर निर्माण र मर्मतको क्रम चलिरहेको छ । नेपालतर्फ सर्वे विभागको टोलीले काम गरिरहेको छ भने भारतमा एसएसबीले निर्माणको जिम्मा पाएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाँ क्षेत्रमा मात्रै १२ जना भन्दा बढीको नम्बरीसहित झण्डै ५० विगाहा जमिन मिचिएको स्थानीयको दावी छ । मुख्य पिलर नम्बर ३९१ र ३९२ रहेको उक्त क्षेत्रमा ३९२ नम्बर मुख्य पिलरको सहायक पिलर निर्माणको क्रममा नेपाली नम्बरी, ऐलानी र पर्ती जग्गा भारततर्फ परेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार पिलर नम्बर ३९२ को ६, ७ र ८ तथा २६ देखि २९ नम्बरको सहायक पिलर निर्माणको क्रममा खेलकुद मैदानसहित नेपालको भाग भारतमा पर्न गएको छ ।

वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गामा एक्कासि पिलर गाड्न थालेपछि स्थानीय रवीन्द्र महतो कोइरी र वीरगञ्ज महानगरपालिका–१ को वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय पर्सामा रोक्का गरीपाऊँ भनी गत पुस ३० गते निवेदन दिएका थिए ।

वडा कार्यालयले सीमा स्तम्भ गाड्ने क्रममा नेपालको जग्गा तथा व्यक्तिगत नम्बरी जग्गामा समेत पिलर गाडिएकाले पिल्लर नं ३९१ सुन्दरपुर र ३९२ भकुवा ब्रम्हदेखि रामजानकी मन्दिरसम्मको नयाँ पिलर निर्माण कार्य तत्काल रोक्का गरी नेपालको भूभाग छुट्याएर पिल्लर गाड्ने व्यवस्था मिलाउन भनेको थियो । सोही आधारमा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा पिल्लर जडानको काम रोकिएको हो ।

यसैबीच वीरगंजस्थित नेपाल–भारत सीमामा पर्ने छपकैयामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको भन्दै सरकारविरुद्ध काठमाडौंमा प्रर्दशन गरिएको छ ।नेपालीहरुको नाममा रहेको करीब ५० बिघा जमिन भारत तर्फ पर्ने गरी नयाँ सिमा स्तम्भ गाडीएको भन्दै राष्ट्रिय स्वाधिनता अभियानले शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।सीमा क्षेत्रको विषयमा वकालत गर्दै आएको ग्रेटर नेपालले शुक्रबार मिनभवनस्थित नापी विभागमा पुगेर नेपालको सीमा भारतले मिच्दा समेत सरकारले वास्ता नगरेको भन्दै एकघण्टे धर्नासहित विरोध प्रर्दशन गरेको हो ।

वीरगंजस्थित नेपाल–भारत सीमामा पर्ने छपकैयामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको भन्दै सरकारविरुद्ध काठमाडौंमा प्रर्दशन गरिएको छ।नेपालीहरुको नाममा रहेको करीब ५० बिघा जमिन भारत तर्फ पर्ने गरी नयाँ सिमा स्तम्भ गाडीएको भन्दै राष्ट्रिय स्वाधिनता अभियानले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

सीमा क्षेत्रको विषयमा वकालत गर्दै आएको ग्रेटर नेपालले शुक्रबार मिनभवनस्थित नापी विभागमा पुगेर नेपालको सीमा भारतले मिच्दा समेत सरकारले वास्ता नगरेको भन्दै एकघण्टे धर्नासहित विरोध प्रर्दशन गरेको हो ।यता, सरकारले भने वीरगंजमा भारतले नेपालको सीमा नमिचेको स्पष्टीकरण दिएको छ । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले वीरगंजमा नेपाली भू–भाग भारतीय पक्षले मिचेको भन्न नमिल्ने दावी गरे ।

उनले नापी विभागले प्रमाणको आधारमा मात्रै आफ्नो कार्य सम्पादन गर्दै आएको तर्क समेत गरे । नापी विभागले वीरगंजमा भारतले नेपाली भूमिका मिचेको हो–होइन, छानविन गर्न निर्देशक नेतृत्वकै टोली फिल्डमा पठाइ सकिएको पनि जनाएको छ ।विभागले वीरगंज नगरपालिकास्थित नेपाल भारत सीमामा नेपालको ५० विघाभन्दा बढि जमिन मिचिएको भन्ने समाचारको खण्डन गर्दै आएको छ ।रातोपाटि 

 




तपाईको प्रतिक्रिया दिनुहोस