Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारधनकुटा कांग्रेसद्वारा सामूहिक राजीनामा

धनकुटा कांग्रेसद्वारा सामूहिक राजीनामा


कांग्रेस नेतृत्वको सरकारले धनकुटालाई उपेक्षा गर्दै भारतीय सीमाक्षेत्रमा प्रदेश १ को अस्थायी मुकाम तोकेको भन्दै धनकुटा कांग्रेसका सबैले राजीनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले धनकुटालाई अन्याय गरेको भन्दै त्यसको विरोधमा कांग्रेस जिल्ला सभापतिसहित सबै पदाधिकारी र सदस्यले सामूहिक राजीनामा दिएका हुन् ।

धनकुटा कांग्रेसले शनिबार पत्रकार सम्मेलन गरी जिल्ला कार्यसमिति, गाउँ तथा नगर समिति, भ्रातृ संस्थाका पदाधिकारीलगायतले साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा पार्टी सभापति अग्निप्रसाद पौडेलले धनकुटालाई अन्याय हुने गरी कांग्रेस नेतृत्वको सरकारले निर्णय गरेकाले सबैले राजीनामा दिनुपरेको जानकारी दिएका छन् । यसैबीच, प्रशासनले जारी गरेको निषेधाज्ञा र आन्दोलनकारीले गरेको अनिश्चितकालीन आमहडतालका कारण धनकुटाको जनजीवन कष्टकर बन्दै गएको छ । प्रदेशको अस्थायी मुकाम नतोकेको विरोधमा गरिएको प्रदर्शन हिंसात्मक बनेपछि धनकुटा बजार क्षेत्रमा प्रशासनले बिहीबार बिहानबाट लगाएको निषेधाज्ञा शनिबार पनि जारी रह्यो ।राजधानी दैनिक




तपाईको प्रतिक्रिया दिनुहोस