Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचार४०० भन्दा बढी कोरियाली बौद्धमार्गी विश्व शान्तिका लागि सामूहिक प्रार्थना गर्दै

४०० भन्दा बढी कोरियाली बौद्धमार्गी विश्व शान्तिका लागि सामूहिक प्रार्थना गर्दै


दक्षिण कोरियाबाट आएका ४३० भन्दा बढी बौद्धमार्गीले प्राचीन कपिलवस्तुको बुद्धस्थलमा पुगेर विश्व शान्तिका लागि सामूहिक प्रार्थना गरेका छन् ।

उनीहरुले शुक्रबार तिलौराकोट, भमनिया जोडी स्तुप र निग्रोधराम ९कुदान०मा पुगी सामूहिक प्रार्थना गरेका हुन् । कोरियाको सियोलबाट लुम्बिनी हुँदै उनीहरु यहाँ आएका हुन् । निग्रोधराममा सामूहिक प्रार्थना सकेर लुम्बिनी फर्कने क्रममा कोरियाको सियोलस्थित एएसटी पोस्टमा रहेको विहारका मुख्य भिक्षु पिउ परुन सनिमले बुद्धको क्रिडास्थल आउन पाउनु सौभाग्यको विषय भएको बताउनुभयो ।

कोरियाबाट हरेक वर्ष बुद्धस्थलको भ्रमण गर्न ठूलो सङ्ख्यामा बौद्धमार्गी नेपाल आउने गर्दछन् । तिलौराकोट बुद्धको क्रिडास्थल र जोडी स्तुपलाई बुद्धका मातापिताको समाधिका रुपमा मानिएको छ । निग्रोधराम कुदानमा बुद्धले बुद्धत्व प्राप्त गरेपछि छोरा राहलुसहित थुप्रै बौद्धमार्गीलाई पहिलोपटक देशना दिएको स्थलका रुपमा परिचित छ ।

साधुसन्तलाई न्यानो कम्बल

कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी श्रीमती सोनमती जयसवालको परिवारले हरेक वर्ष जस्तै यस वर्ष पनि यस क्षेत्रका साधुसन्तलाई कम्बल वितरण गरेको छ ।

स्व श्रीमान् राजाराम जयसवालको पुण्य तिथि पारेर जयसवाल परिवारले ९० वटा कम्बल साधुसन्तलाई कर्णेश्वर मन्दिरमा वितरण गरेको छ । बढ्दो चिसोमा साधुसन्तलाई कम्बल बाँडेपछि पुण्य प्राप्तिसँगै बुबाको आत्माले समेत शान्ति पाउने भन्दै कम्बल वितरण गरिएको स्व राजाराम जयसवालका छोरा विजय जयसवालले बताउनुभयो ।

यस्तो पुनित कार्यमा आफूलाई पनि सहभागी भई पुण्य प्राप्त गर्ने अवसर जुटेको कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य अभिशेषप्रताप शाहले कम्बल वितरण कार्यक्रममा बताउनुभयो ।




तपाईको प्रतिक्रिया दिनुहोस