Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारदुई कमाण्डरसहित पन्ध्र आतङ्ककारी मारिए

दुई कमाण्डरसहित पन्ध्र आतङ्ककारी मारिए


 अफगानिस्तानको कुन्दुज प्रान्तमा आतङ्ककारी विरुद्ध गरिएको सुरक्षा कारबाहीमा परी कम्तीमा १५ जना आतङ्ककारी मारिएका छन् ।

दुई कमाण्डरसहित १५ आतङ्ककारी मारिएका स्थानीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् । शुक्रबार रातिदेखि जारी रहेको यस सुरक्षा कारबाहीमा परी अरु सात जना घाइते भएका छन् ।

कुन्दुज प्रान्तको चाहार डारा जिल्लामा सरकारी सुरक्षाकर्मीले लडाकू विरुद्ध कारबाही जारी राखेका छन् ।

“घटनामा १५ जना मारिएका छन्, ती मध्ये दुई जना तालिवान कमाण्डर हुन् भने सात जना घाइते भएका छन्,” उत्तरी क्षेत्रका प्रहरी प्रवक्ता अब्दुल खालिल खालिलिले सिन्ह्वासँग भन्नुभयो ।

उहाँका अनुसार घटनामा परी सुरक्षाकर्मीतर्फ तीन जना घाइते भएका छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस