Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमहिलाका कारण फिल्ममा नायिकासँग अंतरंग दृश्य गर्दैनन् सलमान

महिलाका कारण फिल्ममा नायिकासँग अंतरंग दृश्य गर्दैनन् सलमान


आजकाल नायक नायिका बोल्ड र इन्टिमेट दृश्य गर्न अलिकति पनि हिच्किचाउँदैनन्, यस्तोमा सलमान खान एक यस्ता नायक हुन् जसले आजसम्म आफ्नो कुनै पनि फिल्ममा इन्टिमेट सीन गरेका छैनन् ।

कहानीको माग अनुसार जहाँ आमिर खानजस्ता ठूला नायक कपडा उतार्नसम्म पछि पर्दैनन् भने सलमान एक्ला नायक हुन् जो अनस्क्रिन इन्टिमेट सीनको नामबाटै भाग्ने गर्दछन् ।

आखिर सलमानले यस्तो नगर्नुको कारण के होला र ? कसको कारणले उनी यस्तो प्रकारको दृश्य छायांकन गर्न हिच्किचाउँछन् र ?

सलमान आफैंले पनि एक पटक कसैका कारण अनस्क्रिन अंतरंग पलमा सहभागी नभएको उनले बताएका छन् ।

यसका कारण हो सलमानकी आमा सलमा खान । सलमानका अनुसार उनकी आमा उनको सबै फिल्म हेर्ने गर्दछिन् । यस्तो अवस्थामा उनी चाहँदैनन् कि उनकी आमाले उनका कारण कुनै पनि प्रकारको लज्जाबोध महसुस नगरुन् । साथै, उनको फिल्म परिवारसँगै बसेर हेर्ने भएकाले आफू यस्ता दृश्यबाट टाढै बस्ने गरेको बताएका छन् ।

स्मरण रहोस्, सलमान आफ्नो फिल्ममा नायिकालाई चुम्बन गर्दैनन् । त्यसका लागि सलमानले फिल्मसँगको सम्झौतामा ‘नो किसिङ’ बुँदालाई राख्ने गर्दछन् ।




तपाईको प्रतिक्रिया दिनुहोस