Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारपुँजी वृद्धिको अन्तिम कसरत गर्दै वाणिज्य बैंक

पुँजी वृद्धिको अन्तिम कसरत गर्दै वाणिज्य बैंक


नेपाल राष्ट्र बैंकले दुई वर्षअघि मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पु¥याउनुपर्ने घोषणा गरेसँगै वाणिज्य बैंकहरूलाई पुँजी वृद्धिको चटारो परेको छ ।

बैंकहरू पुँजी वृद्धिको लगभग अन्तिमतिर पुगेका छन् । वाणिज्य बैंकहरूले पुँजी वृद्धिका लागि राष्ट्र बैंकलाई हकप्रद, बोनस, लाभांश तथा मर्जर र एक्विजिसनका आधारमा पुँजी पु¥याउने योजना बुझाएका थिए ।

सोही योजनाअनुसार बैंकहरूले पुँजी वृद्धिका लागि अन्तिम कसरत गरिरहेका छन् । दुई वर्षअघि वाणिज्य बैंकहरूको चुक्ता पुँजी २ अर्ब रुपैयाँ मात्रै थियो । बैकहरूलाई बलिया र थप प्रतिस्पर्धी बनाउन राष्ट्र बैंकले चार गुणाले चुक्ता पुँजी वृद्धि गर्ने नीति लिएको थियो ।

चालू आर्थिक वर्षको ६ महिनासम्म १८ वाणिज्य बैंकहरूले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पु¥याएका छन् । बाँकी १० वाणिज्य बैंकहरूले पुँजी वृद्धिका लागि कसरत गरिरहेका छन् । हाल मुलुकमा सञ्चालित २८ वटा वाणिज्य बैंकहरूमा कतिपयले तोकिएको चुक्ता पुँजी ८ अर्व पु¥याएका छन् भने कतिले पु¥याउने तयारी गरिरहेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको पुँजी समय अगावै ८ अर्ब रुपैयाँ पुगिसकेको छ ।

हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ । त्यसैगरी, सरकारी स्वामित्वको अर्काे वाणिज्य बैंक नेपाल बैंकले पनि चुक्ता पुँजी पु¥याएको छ । बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । नीति स्तरको वाणिज्य बैंक नेपाल इन्भेस्टमेन्ट बैंक जसले समय अगावै ८ अर्ब रुपैयाँ पुँजी पु¥याएको छ ।

हाल यस बैंकको चुक्ता पुँजी १० अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी,एनआईसी एसिया बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । यस बैंकले २० प्रतिशत बोनस सेयर दिएको थियो । त्यसैगरी, नबिल बैंककको नबिल बोनस सेयरमार्फत नै ८ अर्ब रुपैयाँको चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपैयाँ पुग्दै छ ।

नेपाल बंंगलादेश बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । यस बैंकले १२ प्रतिशत हकप्रद सेयर दिएको थियो । त्यसैगरी, सिटिजन्स इन्टनेसनल बैंकको चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । सानिमा बैंकको पनि चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगेको छ ।

ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । यस बैंकले मर्जर र बोनस सेयरबाट ८ अर्बको चुक्ता पुँजी पु¥याएको हो । लक्ष्मी बैंकको पुँजी बोनस सेयरबाट ८ अर्ब रुपैयाँ पुग्ने तयारीमा छ । त्यसैगरी, माछापुच्छे« बैंक, एभरेस्ट बैंक प्राइम कमर्सियल, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, जनता बैंक, स्ट्यान्डर्ड चार्टर्ड र सनराइज बैंकलगायतका बैंकले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पु¥याएका छन् ।

त्यसैगरी, कृषि विकास बैंक, सेन्चुरी बैंक, कुमारी बैंक, बैंक अफ काठमाडौं, सिद्धार्थ बैंक, मेगा बैंक, सिभिल बैंक, प्रभु बैंक, एनएमबी बैंक, एनसीसी बैंकलगायतका वाणिज्य बैंकहरूले चुक्ता पुँजी वृद्धिका लागि कसरत गरिरहेका छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस