Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारक्रिकेट कार्निभलमा फरक शैलीमा कलाकार, राजनीतिज्ञ, खेलाडी र सञ्चारकर्मीको प्रदर्शनी खेल आयोजना

क्रिकेट कार्निभलमा फरक शैलीमा कलाकार, राजनीतिज्ञ, खेलाडी र सञ्चारकर्मीको प्रदर्शनी खेल आयोजना


मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा शुक्रबार राजधानीमा सुरु भएको क्रिकेट कार्निभलमा फरक क्षेत्रका व्यक्तित्वहरू केही समय भए पनि क्रिकेटमा रमाए।

 

कार्निभल अन्तर्गत त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फरक शैलीमा कलाकार, राजनीतिज्ञ, खेलाडी र सञ्चारकर्मीको प्रदर्शनी खेल आयोजना गरिएको थियो। कलाकार, राजनीतिज्ञ, खेलाडी र सञ्चारकर्मीको दुई टोली बनाइएको थियो। प्रदर्शनी खेलमा नीलो टोलीले रातो टोलीलाई ५० रनले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको नीलो टोलीले निर्धारित १० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय १५ रन बनायो। नीलो टोलीका लागि पूर्वगृहमन्त्री जनार्दन शर्माले सर्वाधिक ३० रनको योगदान गरे। यस अर्थमा राजनीतिका यी चतुर खेलाडीले क्रिकेटमा पनि आफूलाई सफल साबित गरे।

 

अलराउन्डको भूमिका निर्वाह गरेका शर्माले पहिले बलिङ गर्दै रातो टोलीको पालिलाई ध्वस्त बनाएका थिए। उनले पहिलो ओभरमा नायक रमेश उप्रेती र गजित विष्टलाई पेभेलिन फर्काए। जवाफी ब्याटिङ गरेको रातो टोलीले १० ओभरमा पाँच विकेट गुमाएर ६५ रनमात्र बनाउन सक्यो। खेलपछि नेता शर्माले राजनीतिज्ञले सधैंजसो नियम मिचिरहने भए पनि आफूले क्रिकेटको नियम थाहा नपाउँदा आउट हुन परेको प्रतिक्रिया दिए।

 

‘नेपालका राजनीतिज्ञले सधैं नियम मिचिरहेका हुन्छन्। मचाहिँ क्रिकेटको नियम थाहा नपाएर आउट भएँ’, शर्माले भने। उनी नेपाल क्रिकेट संघ ९क्यान०का पूर्वअध्यक्ष विनयराज पाण्डेको बलमा स्टम्पिङ भएर पेभेलियन फर्किएका थिए। पहिलोपटक क्रिकेट मैदानमा उत्रिएका शर्माले केही समय अभ्यास गरेमा आफू खेलाडी बन्नसक्ने पनि बताउन भ्याए।

 

‘मैले पहिलोपटक क्रिकेट खेलेको हो। अलिकति प्राक्टिस गरेँ भने म पनि खेलाडी बन्न सक्छु’, शर्माले भने, ‘म पनि छक्का र चौका हिर्काउन सक्छु।’ हास्य कलाकार दीपा श्री निरौलाले प्रदर्शनी खेलमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरिन्। नीलो टोलीबाट खेलेकी उनले पाँच रन बनाएकी थिइन्। यसैगरी कलाकार निर्मल शर्माले कार्निभलले विभिन्न क्षेत्रका व्यक्तिसँग भेटघाट हुने अवसर जुराइदिएको बताए। यसैगरी अर्का हाँस्य कलाकार दिपकराज गिरीले खेललाई रोचक बनाउन फरक शैलीमा क्रिकेट खेलेको बताए।अन्नपूर्ण पोष्ट




तपाईको प्रतिक्रिया दिनुहोस