Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारन्यूरोडबाट चितुवाको छालासहित तीन जना पक्राउ

न्यूरोडबाट चितुवाको छालासहित तीन जना पक्राउ


महानगरीय अपराध महाशाखाले संरक्षित वन्यजन्तु चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।

 

महाशाखाबाट खटिएको टोलीले संरक्षित वन्यजन्तुको छाला ओसारपसार गरेको भन्दै बैतडीका महेशराम औजी, जनक महरा र सुरेन्द्र दयाललाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

 

महाशाखाले काठमाडौँको न्यूरोडस्थित भूगोल पार्कमा झोलाभित्र बोरामा प्याक गरी राखेको अवस्थामा पक्राउ गरेको हो । उक्त छाला बैतडीबाट ल्याएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि आज जिल्ला वन कार्यालय हात्तिसार पठाएको महाशाखाले जनाएको छ ।

 

डिल्लीबजार कारागारबाट कैदी भागे

यसैगरी चोरी मुद्दामा पुर्पक्षका लागि कारागार जीवन बिताइरहेका टीका थापामगर बिहीबार राति ८ बजे डिल्लीबजार कारागारबाट भागेका छन् ।

 

काठमाडौँमा पटकपटक चोरी, लुटपाट र डकैती गर्दै आएका थापामगर एक वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए । डिल्लीबजार कारागारका जेलर विष्णु कार्कीले कारखानामा काम गरेपछि बस्ने ठाउँमा जानुपर्नेमा नगई राति ८ बजेतिर काँडेतार काटेर भागेको जानकारी दिनुभयो ।रासस




तपाईको प्रतिक्रिया दिनुहोस