गृहपृष्ठ ∕
समाचार ∕
सलमानको कन्सर्ट ‘दबंगः द सलमान खान लाइभ इन नेपाल’को पक्का गर्न सोहेल काठमाडौंमा ! सलमानको कन्सर्ट ‘दबंगः द सलमान खान लाइभ इन नेपाल’को पक्का गर्न सोहेल काठमाडौंमा !
पुलेसो ९ माघ, २०७७, शुक्रबार १६:३६
भिनेता सलमान खानका भाइ एवं फिल्म निर्देशक, निर्माता तथा अभिनेता सोहेल खान काठमाडौं आइपुगेका छन् । सोहेल आफ्नो दाई सलमान खानको कन्सर्ट ‘दबंगः द सलमान खान लाइभ इन नेपाल’ को पक्का गर्न नेपाल आएका हुन् ।
सलमान खानको यो कन्सर्ट आगामी फागुन २६ गते शनिबार टुडिखेलमा हुँदैछ । सोहेलले कन्सर्ट हुने स्थान, बस्ने होटल, सुरक्षा लगायतका विषयबारे बुझ्ने छन् ।
होटलमा शुक्रबार बेलुका ४ बजे पत्रकार सम्मेलन हुँदैछ । अहिले उनी सोल्टी होटलमा छन् । यही कन्सर्टमा बलिउडका चर्चित नायक सलमान खान काठमाडौं आउँदै छन् ।
७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने ओडीसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको हो ।
आयोजकका अनुसार सलमानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायत आउने भएका छन् ।