Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनयाँ सरकारले पुनर्विचार गर्छ : ओली

नयाँ सरकारले पुनर्विचार गर्छ : ओली


एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख विषयमा अब बन्ने नयाँ सरकारले पुनर्विचार गर्ने बताएका छन्् ।प्रदेश राजधानीका लागि भइरहेको आन्दोलनको कुनै तुक नरहेको बताउँदै उनले प्रदेशसभा बैठकले निर्णय गर्ने बताएका हुन् । थाइल्यान्डमा नियमित स्वास्थ्य परीक्षणपश्चात् बिहीबार स्वदेश फर्केका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीस“ग कुराकानी गर्दै अस्थायी राजधानी र प्रदेश प्रमुख ढिलै भए पनि तोक्ने काम हुनु सरकारको जिम्मेवारी भएको समेत उल्लेख गरे ।

‘तर कहाँ अस्थायी राजधानी तोक्ने र कहाँ प्रदेशको राजधानी तय गर्ने भन्ने विषयमा प्रदेशसभाले आवश्यकता र सम्भावना हेरी निर्णय गर्नेछ,’ उनले भने, ‘एमालेले सरकारलाई प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न भनेको तर सरकारले यसलाई राजनीतिक दाउपेचको विषय बनाएर लोकतन्त्रमाथि नै प्रहारको अस्त्र बनाएको छ ।’

केही समयअघि नै सहमति साथ प्रदेशका अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने आग्रह गरेको स्मरण गर्दै ओलीले चुनाव सम्पन्न भएपछि ‘सहमति मिलेन भनेर पर्खने र ढिलाइ गर्ने काम सरकारले नै गरेको’ आरोपसमेत लगाए । प्रदेशका अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न सहमति एमालेले दिए पनि ‘कहाँ र कसलाई तोक्ने ?’ विषयमा सरकारले एमालेस“ग सहमति मागेको खुलासा पनि उनले गरे ।

प्रदेशको अस्थायी राजधानी ‘कहाँ र प्रदेश प्रमुख कसलाई बनाउने ?’ विषयमा एमालेस“ग सरकारले सहमति नगरेको स्पष्ट गर्दै उनले आश्यकताअनुसार नयाँ सरकारले पुनर्विचार गर्ने बताए । प्रदेशसभा बैठकपछि त्यसले अनुकुलता, आवश्यकता र सम्भाव्यताका आधारमा प्रदेशका स्थायी राजधानी विषयमा निर्णय गर्ने उनले जनाए ।

निर्वाचनबाट आएको ताजा जनादेशपछि सरकारले त्यसमा बाधा व्यवधान खडा गर्न संविधानको गलत व्याख्या गर्दै राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशमार्फत लोकतन्त्रमाथि लुकेर प्रहार गरिएको ओलीको आरोप छ ।

एमाले र माओवादी केन्द्रबीच चा“डै एकता हुने बताउँदै ओलीले ‘एकता नहोस् भन्ने आशा गर्ने र एकताप्रति शंका गर्ने दुवैलाई आशंका र आशाबाट मुक्त हुन’ आग्रह पनि गरे । ‘एकता नभए हुन्थ्यो भनेर आशा गर्ने पनि छन््, एकता हुँदैन कि भनेर आशंका गर्ने पनि छन््,’ उनले भने, ‘आशा गर्नेले पनि आशा नगरून्, आशंका गर्नेले पनि नगरून्, एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन्छ ।’ दुई पार्टीबीच पार्टी एकीकरण सहमतिकै आधारमा हुने र सहमति एवं छलफलबाटै नेतृत्वसमेत टुंगो लाग्ने ओलीले स्पष्ट पारे ।

 




तपाईको प्रतिक्रिया दिनुहोस