Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचार“नेपाली  चेली” कविता

“नेपाली  चेली” कविता


                   “नेपाली  चेली”

रामेछाप  जिल्ला  सिमपानी गाउँमा जन्मे,

हुर्के  अनि बढे त्यही पहाडमा  खेली ।

आज समाजदेखी  टाढा छु  म नेपाली  चेली ।।

कोही गोरा भएर जन्मे तर म त भए काली,

दुनियाँको दिल जस्तो भएपनि  मेरो छेैन मन जाली ।

निस्वार्थ भाबनाले भरिपूर्ण भएपनि सबको साथ र सहयोग देखि टाढा छु म नेपालकी चेली ।।

मलाई बाबा र मामुले जन्मदिनु भयो हरेक दुःख कष्ट झेली,

त्यही  गुणको पैचो तिर्न सँघर्ष  गरिरहेछु  म नेपाली चेली ।

भन्लान् आज दुनियाँले कहाँ गए हाम्रा प्यारी चेली,

हरेक  कष्ट भोग्दै, लाखौ सँघर्ष गर्दै बाँचिरहेछु म अभागी चेली ।

जहाँ म रमेकी थिएँ, जहाँ म हुर्केकी थिएँ साथीहरु सँग खेली,

अबिस्मरणीय यादहरु सम्हाल्दै फर्किनेछुआफनै जन्मभूमिमा  म नेपालकी चेली ।।।

अबिका थापा मगर  {कृष्णा}

रामेछाप, सिमपानी

 




तपाईको प्रतिक्रिया दिनुहोस