Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारपाँचथरको रवि-चिसापानी दमक सडक निर्माण

पाँचथरको रवि-चिसापानी दमक सडक निर्माण


पाँचथरको रवि हुँदै झापाको दमक जोड्ने रवि–चिसापानी दमक सडक (फाल्गुनन्द मार्ग)को सम्पूर्ण भाग खुलेको छ ।

 

दुई दशकअघिदेखि निर्माणाधीन ४१ किलोमिटर सडकको सबै काम सम्पन्न भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । एक सातापछि साना सवारी साधन गुडाउन दिइने समितिका अध्यक्ष गगन पुरीले बताए ।

 

यसअघि रतुवा खोलाको किनारै किनार सवारी साधन सञ्चालन हुन्थे । उपभोक्ता समितिले माघ ७ गतेदेखि सबै खाले यातायात चलाउन दिने जनाएको छ ।

 

वर्षाको समयमा अवरुद्ध हुने सडक हिउँदमा पनि घर्तीदोभानसम्म रतुवा खोलाको किनारै किनार सवारी साधन चलाउनु पर्दथ्यो । अब भने हिउँद–वर्षात् दुबै सिजनमा यस मार्गबाट गाडी गुड्न सक्नेछन् ।

 

सडक नबन्दा वर्षा याममा दमकबाट रविसम्म पुग्न इलाम सदरमुकाम, राँके हुँदै जाँदा १७८ किलोमिटरको दूरी पार गर्र्न दुई दिन लाग्दथ्यो ।




तपाईको प्रतिक्रिया दिनुहोस