Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारडोटीमा आन्दोलनको उग्र रुप

डोटीमा आन्दोलनको उग्र रुप


प्रदेश अस्थायी राजधानीको विषयलाई लिएर सुरु भएको आन्दोलनले उग्र रुप लिएको छ। बिहीबार दिउँसो दिपायलमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ।

 

प्रदेश ७ को अस्थायी मुकाम धनगढी तोकेको विरोधमा दिपायलमा भएको प्रदर्शनमा प्रहरीद्वारा १० राउन्ड हवाई फायर । तीन प्रदर्शनकारी घाइते । आन्दोलनकारीले प्रधानमन्त्रीको पुत्ला जलाए । सरकारले अस्थायी मुकाम धनगढी तोकेपछि कांग्रेस डोटीका ३५ नेता कार्यकर्ताद्वारा पार्टी छाडेको घोषणा गरे । क्षेत्रीय प्रशासन कार्यालय अगाडि आन्दोलनकारीले प्रधानमन्त्रीको पुत्ला जलाएपछि झडप भएको हो। प्रहरीले आन्दोलनकारीमाथि अश्रु ग्याससमेत प्रहार गरेको थियो।

आन्दोलनकारीले सरकारी मोटरसाइकलमा आगजनी गरेको छ। सरकारले गरेको निर्णयको विरोधमा जारी आन्दोलनका क्रममा बा १ ब ७६३९ नम्बरको मोटरसाइकलमा आन्दोलनकारीले आगो लगाएका हुन्।




तपाईको प्रतिक्रिया दिनुहोस