Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकांग्रेस बैठकमा देउवाप्रति आक्रोश, नेतृत्वको चर्को आलोचना

कांग्रेस बैठकमा देउवाप्रति आक्रोश, नेतृत्वको चर्को आलोचना


पार्टी सभापति शेरबहादुर देउवाले टार्न खोन्दा खोज्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी समिक्षा भइरहेको छ र, अधिकांश नेताहरुले प्रधानमन्त्री समेत रहेका देउवाप्रति तीव्र आक्रोस पोखेका छन् ।

बालुवटारमा जारी बैठकको एजेण्डाका रुपमा राष्ट्रियसभा निर्वाचन प्रस्तुत गरिएको थियो । साथै सभापति देउवाले चुनावी समिक्षाका लागि छिट्टै बैठक बोलाउने आश्वासन दिँदै राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न प्रस्ताव गरेका थिए ।

तर, बैठकमा बोल्ने अधिकांशले चुनावी समिक्षा गर्दै नेतृत्वको चर्को आलोचना गरेका छन् । तर, कसैले पनि देउवाको राजीनामा भने मागेका छैनन् ।

बैठकमा अर्जुननरसिंह केसीले पार्टीमा सभापति मात्र नभई छायाँ सभापति मान्नु पर्ने अवस्था आएको बताए । आफूलाईर् कार्यसम्पादन समिति र संसदीय समितिको सदस्य भनिएको तर, समानुपातिकको सूची समेत हेर्न नपाएको बताए ।

केन्द्रीय सदस्य कल्याण गुरुङले सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरु मण्डले भएको बताए । उनले प्रधानमन्त्री समेत रहेका पार्टी सभापतिमाथि नै शंका छ भनेपछि देउवाले गुरुङलाई रोक्दै विमलेन्द्र निधिलाईर् बोल्न समय दिएका छन् ।

प्रदिप पौडेलले केन्द्रीय समितिबाट भएका निर्णयहरुलाई नेताहरुले पालना नगर्ने गरेको र सबै काम विधि विपरित भएको भन्दै जिम्मेवारी नलिने बताएका छन् । अहिलेको नेतृत्वप्रति आफूहरुको विश्वास नै नभएको भन्दै उनले कांग्रेस अब नयाँ ढंगले अघि बढ्नु पर्ने बताएको एक नेताले जानकारी दिए ।

अर्का नेता चन्द्र भण्डारीले देउवातर्फ इंग्गित गर्दै राजनीतिक भ्रष्टाचार गरेको र कोटरीको भरमा पार्टी चलाएको आरोप लगाए । नेता नविन्द्रराज जोशीले विधान विपरित गठन भएको संसदीय समिति र कार्यसम्पादन समिति भंग गर्न माग गरे ।

बैठकमा महेन्द्र यादवमा मात्र देउवाको पक्षमा बोलेका छन् । कांंग्रेस दोस्रो दल भएपनि मत बढेको र चुनाव गराउनु देउवाको ठूलो सफलता भएको उनले बताए । साथै विधानभन्दा ठूलो सहमति भएको भन्दै महामन्त्री र वरिष्ठ नेताहरुको सहमतिका आधारमा संसदीय समिति र कार्यसम्पादन समिति बनेको दाबी गरे ।




तपाईको प्रतिक्रिया दिनुहोस