Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसुनचाँदी पसलमा चोरी गर्ने पक्राउ, २७ लाख बराबरको गहरगहना बरामद

सुनचाँदी पसलमा चोरी गर्ने पक्राउ, २७ लाख बराबरको गहरगहना बरामद


सुनचाँदी पसलमा चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । छिन्नमस्ता गाउँपालिका–३ स्थित सुुन पसलबाट करिब २७ लाख रूपैयाँको सुनचाँदीको गहनासहित उनीहरुलाई पक्राउ गरीएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका–४ का मुरलीकुमार साह, छिन्नमस्ता गाउँपालिका–५ का सन्तोषकुमार साह सुनार, सोही स्थान निवासी शत्रुधन साह सुनार, वडा नं ४ महेश यादव रहेको प्रहरी नायब उपरीक्षक ध्रुबकुमार श्रेष्ठले बताए ।

उनीहरुको साथबाट काँडाबाला हसुली दुई थान, काँडावाला चुरी दुई थान, काँडावाला चुरा दुई थान, बच्चाले लगाउने काँडाबाल चुरी आठ थान, बच्चाले लगाउने सादा चुरा १२ थान, महिलाले लगाउने पञ्चक पाँच थान, विभिन्न नमूना र आकारका बाला सात थान, पायल १६ थान र २० थान दुईहारे सिक्री बरामद गरिएको छ ।

यसैगरी पाउजु ५१ थान, ब्रासलेट १२थान, सिक्री थान ४५, चुरी ठूलो एक सानो २ थान, काटिएको बेरुवा एक थान , औंठी ४९ थान, बिच्छी ४२ थान , चकती १७ थान, गणेश भगवानको मूर्ति एक थान, सिन्दूर क्याप एक थानलगायतका सिक्का तथा सुनचाँदी तौल गर्ने औजारसमेत बरामद गरिएको छ ।

त्यस्तै चोरी भएको रकमबाट खरिद गरिएको ना ४९ प १९०७ नम्बरको टिभिएस मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस