Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारबस्दाखेरी खुट्टा हल्लाउने बानी रोगको संकेत

बस्दाखेरी खुट्टा हल्लाउने बानी रोगको संकेत


तपाईं बस्दा वा पल्टिँदा खुट्टा हल्लाइरहनुहुन्छ भने यो रेस्टलेस सिन्ड्रोम हो । शरीरमा आइरनको कमी भएमा यस्तो लक्षण देखिन्छ ।  यो समस्या संसारभरिका १० प्रतिशत मानिसमा हुन्छ । धेरैजसो अवस्थामा ३५ वर्षभन्दा माथिका मानिसमा यो समस्या देखिन्छ ।

अमेरिकाको हार्वर्ड मेडिकल स्कूलका प्राध्यापक डा डब्ल्यू किंकम्यानका अनुसार, यो रोगबाट पीडित व्यक्ति निद्रा आउनुभन्दा अघि ३०० चोटिसम्म गोडा हल्लाउँछ । अनुसन्धानकर्ताहरूले स्पष्ट रूपमा भनेअनुसार, लगातार खुट्टा हल्लाउँदा हृदयघातको सम्भावना बढ्छ ।

यो खासमा स्नायुप्रणालीसँग जोडिएको रोग हो । गोडा हल्लाउँदा व्यक्तिमा डोपामाइन हर्मोन रिलिज हुन्छ र उसलाई बारम्बार हल्लाउन मन लाग्छ ।  यो अनिद्राजन्य रोग पनि हो । निद्रा पूरा नहुँदा व्यक्तिले थाकेको अनुभव गर्छ ।

लक्षणहरूका आधारमा रगतको परीक्षण गरिन्छ । पोलिसोम्नोग्राफी गराएर पनि यसको पुष्टि गरिन्छ । यो परीक्षणले निद्रा नआउने कारण पत्ता लगाइदिन्छ ।

गोडा धेरै हल्लाउनु रोगको लक्षण हो तर मानिसहरू यसलाई सामान्य रूपमा लिन्छन् । अलिक ध्यान पु–याउने हो भने यस रोगबाट बच्न सकिन्छ ।

यसको उपचारमा आइरन चक्कीहरू दिइन्छ । समस्या गम्भीर भएको रहेछ भने अन्य औषधि पनि दिइन्छ । त्यस्तो औषधि सुत्नुभन्दा दुई घन्टाअघि लिनुपर्छ । औषधिले अनिद्रा हटाएर स्थितिलाई सामान्य बनाउँछ । हट एन्ड कोल्ड बाथ, भाइब्रेटिङ प्याड जस्ता व्यायामले पनि राहत दिलाउँछन् ।

अत्यधिक चिन्ता लिने व्यक्तिको पनि गोडो अनायासै धेरै हल्लिन्छ । एजेन्सी




तपाईको प्रतिक्रिया दिनुहोस