Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारधनकुटामा अनिश्चितकालिन कर्फ्यू

धनकुटामा अनिश्चितकालिन कर्फ्यू


सरकारले प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरलाई बनाएपछि थप आक्रोश बनेको धनकुटा तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बिहान ११ः३० बजेदेखि कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यूपूर्वमा बिहीबारे हाट, पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास, लोकसेवा आयोगको कार्यालयसम्म, दक्षीणमा पातले खोलासम्म लगाइएको छ । स्थिति नियन्त्रणमा लिन सुनसरीबाट थप सुरक्षाकर्मी झिकाइएको जनाइएको छ ।

धनकुटालाई नै प्रदेश राजधानी बनाउन माग गरेका धनकुटेलीले बिहिबार बिहानैदेखि विभिन्न सरकारी कार्यलयमा तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासको कार्यालयमा आगजनी गरेका थिए । ठाउँठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप र ढुंगा हानाहान भएको छ । झडपका क्रममा एक दर्जन घाइते भएका छन् ।

सरकारले बुधबार विराटनगरलाई प्रदेश नम्बर १ को अस्थायी राजधानी तोकेको हो । लामो समयदेखि धनकुटामा बन्द, हड्ताल हुँदै आएको छ ।

 




तपाईको प्रतिक्रिया दिनुहोस