Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारएफए कप फुटबलको चौथो चरणमा चेल्सी

एफए कप फुटबलको चौथो चरणमा चेल्सी


चेल्सी एफए कप फुटबलको चौथो चरणमा पुगेको छ । टाई ब्रेकरमा नर्वीच सिटीलई ५–४ ले हराँउदै चेल्सी चौथो चरणमा पुगेको हो ।

 

चेल्सीको मैदानमा भएको खेलको निर्धारीत ९० मिनेटमा १–१ गोलको बराबरी भए पश्चात खेल अतिरिक्त समयमा पुगेको थियो । थपिएको समयमा चेल्सीका पेड्रो र मोराटा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी ९ जनामा समेटियो ।

 

खेलको क्रममा रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भि.ए.आर।)को सही उपयोग नगरेको भन्दै आलोचना गरिएको थियो । एफए कप फुटबलका अन्य खेलहरुमा बर्नमाउथलाई हराउँदै विगान एथ्लेटिक तथा उल्भरह्याम्पटन वान्डरर्सलाई हराँउदै स्वान्सी सिटी चौथो चरणमा पुगेका छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस