Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने


कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३र०७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७३/०७४ मा ९९ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।  बैंकद्वारा आयोजित पत्रकार भेटघाटमा बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले आर्थिक वर्ष २०७२/०७३ मा भन्दा यस वर्ष १५ प्रतिशतले निक्षेप संकलन वृद्धि भएको जानकारी दिए ।
बैंकले आर्थिक वर्ष २०७३र०७४ मा एक खर्ब नौ अर्ब २२ करोड कर्जा प्रवाह गरेको छ जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो । बैंकको चुक्ता पूँजी सात अर्ब आठ करोड ७६ लाख ८० हजार रहेको छ ।

 

प्रमुख कार्यकारी अधिकृत सिटौलाले आधुनिक प्रविधिका साथ बैंकलाई अगाडि बढाएर लैजाने प्रतिवद्धता व्यक्त गर्दै छिट्टै इन्टरनेट बैंकिङ सेवामा जाने तयारी भइरहेको जानकारी दिए ।  न्यूज सेवा




तपाईको प्रतिक्रिया दिनुहोस