Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमहिला प्रहरी सेवाकेन्द्र भवन निर्माण

महिला प्रहरी सेवाकेन्द्र भवन निर्माण


जिल्ला प्रहरी कार्यालय तनहुँको हाताभित्र रु एक करोड ५५ लाखको लागतमा महिला प्रहरी सेवा केन्द्रको सुविधा सम्पन्न भवन निर्माण गरिएको छ ।

 

अपाङ्ग मैत्री ¥याम्प सहितको सुविधा सम्पन्न भवन एशियाली विकास बैंक (एडिबी) को सहयोगमा बनेको हो । तीनतले उक्त भवनभित्र एक दर्जनभन्दा बढी सुविधा सम्पन्न कोठा छन् । तनहुँको महिला प्रहरी सेवा केन्द्रको सुविधा सम्पन्न भवन रु एक करोड ५५ लाखमा सम्पन्न भएको खानी निर्माण सेवाका प्रोप्राइटर मोहम्मद नजरुनले बताउनुभयो ।

 

सो भवनमा महिला थुनुवालाई समेत राख्न सकिने बताइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँकी प्रहरी निरीक्षक कृष्ण बस्याललाई उक्त भवनको चाबी हस्तान्तरण गरी सकिएको छ । महिला तथा बालबालिकासम्बन्धी परेका गुनासाको सुनुवाइ गरी त्यसको समाधान खोजिने तथा दर्ता भएका मुद्दाहरुको छिनोफानो गर्ने काम सो केन्द्रले गर्नेछ ।

 

केन्द्रकी प्रमुख एवं प्रहरी निरीक्षक कृष्ण बस्यालले पीडित महिला तथा बालबालिकालाई न्याय दिने काम केन्द्रले गर्ने बताउनुभयो ।

 

बालमैत्री, महिलामैत्री, अपाङ्गमैत्री कक्ष, बैठक कक्ष, तालिम हल, इन्चार्ज कार्यकक्ष, महिला ब्यारेक सो केन्द्रमा रहनेछन् । तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीले महिलासम्बन्धी मुद्दाहरु केन्द्रबाट छिनोफानो हुने बताउनुभयो । पीडित महिला र बालबालिकाको गुनासा सुन्ने र त्यसको समाधानमा केन्द्रले काम गर्ने उहाँले बताउनुभयो ।रासस




तपाईको प्रतिक्रिया दिनुहोस