Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारओली आज स्वदेश फर्कंदै

ओली आज स्वदेश फर्कंदै


एमाले अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्किनु हुने भएको छ । गत २६ पुसमा नियमित स्वास्थ्य परीक्षणको सिलसिलामा
थाइल्यान्डको राजधानी बैंकक गएका ओली स्वास्थ्य परीक्षण सकेर आठ दिनपछि स्वदेश फर्किन ला्रग्नु भएको हो ।

 

प्रेस संयोजक चेतन अधिकारीका अनुसार ओली थाई एअरवेजको विमानबाट अपराह्न साढे १२ बजे काठमाडौं आइपुग्नु हुनेछ । बैंककको बुमरुङगार्ड अस्पतालमा स्वास्थ्य परीक्षण गरिएपछि चिकित्सकले ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको प्रतिवेदन दिएको अधिकारीले बताए । थाइल्यान्ड प्रस्थान गर्नुअघि माघ २ मै स्वदेश फर्कने बताए पनि ओली दुई दिन ढिलो  भएको हो ।

उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन
एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश संगठन कमिटीहरूलाई निर्देशन दिएको छ । कार्यवाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बुधबार बसेको स्थायी समिति बैठकले केन्द्रीय सचिवालयको निर्णयअनुसार ५ माघभित्र उम्मेदवारको नाम पठाइसक्न निर्देशन गरेको हो ।

बैठकले राज्यकोषको दुरुपयोग हुने गरी रकमान्तर गरेको भन्दै सरकारको आलोचना गरेको छ । सरकारले सुरक्षा निकायलगायतमा नयाँ दरबन्दी सिर्जना गर्न खोजेकोमा समेत एमालेले आपत्ति जनाएको छ । बैठकले जथाभावी निर्णय नगर्न सरकारलाई चेतावनी दिएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । नँया पत्रिका




तपाईको प्रतिक्रिया दिनुहोस