Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसात प्रदेशको अस्थायी राजधानी तोकेपछि कतै दीपावली कतै आन्दोलन

सात प्रदेशको अस्थायी राजधानी तोकेपछि कतै दीपावली कतै आन्दोलन


सरकारले बुधबार सात प्रदेशको अस्थायी राजधानी तोके पश्चात कतै दीपावली मनाइएको छ भने कतै आन्दोलन चर्किएको छ।

 

प्रदेश १ को राजधानी विराटनगर तोकि लगत्तै त्यहाँ दीपावली मनाइएको छ भने धनकुटामा लामो सयमदेखि राजधानीको माग गर्दै आएका स्थानियले त्यहाँ प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ।

 

प्रदेश २ को राजधानी जनकपुर तोकेपछि वीरगञ्जमा लामो सयमदेखि राजधानीको माग गर्दै अन्दोलनमा बसेका नेता कार्यकर्ता र स्थानीयवासी आक्रोशित भएका छन् । बुधबार साँझ सडक प्रदर्शन गरेका उनीहरुले बिहीबार बन्दको घोषणासमेत गरेका छन्। सँगै प्रदेश राजधानीको विषयमा चुपचाप रहेका मधेसवादी दललेमसेत जनपुरलाई प्रदेश २ को अस्थायी राजधानी बनाउने सरकारको निर्णयविरुद्ध प्रधानमन्त्रीको पुत्ला जलाएका छन्।

Image result for राजधानी andolan

 

प्रदेश ३ को राजधानी हेटौंडा तोकिएपछि हेटौंडामा त्यहाँ दीपावलीमनाइएको छ भने चर्चामा भक्तपुर, बनेपा, ललितपुर रहे पनि सरकारले अन्तिम समयमा हेटौंडालाई प्रदेशको अस्थायी राजधानी तोकेको हो। प्रदेश १ र २ मा जस्तो प्रदेश ३ मा भने आन्दोलन भएको छैन।

 

प्रदेश ४ राजधानी पोखरा तोकेको छ । यसअघि नै सबैले प्रदेश ४ को राजधानीको रुपमा पोखरालाई स्वीकार गरिसकेकाले विवाद छैन।

 

प्रदेश ५ को अस्थायी राजधानी बुटवल तोकिएपछि दाङमा राजधानीको माग गर्दै अन्दोलनमा बसेका नेता कार्यकर्ता र स्थानीयवासी आक्रोशित भएका छन् ।स्थानीयवासीमात्र नभएर प्रदेश ५ का मुख्यमन्त्री दाबेदार एमाले नेता शंकर पोखरेल स्वयम्ले सरकारको अविवेकी निर्णय भनेका छन्। त्यसैगरी माओवादी केन्द्रका नेता एवम् दाङका प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरालेसमेत सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। बुटवलमा भने खुशीयाली मनाइएको छ।

 

प्रदश ६ को अस्थायी राजधानी सुर्खेत तोकिएको छ। अन्य क्षेत्रमा राजधानी विवाद देखिए पनि प्रदेश ४ जस्तै ६ मा पनि कुनै आन्दोलन र आक्रोस भएको छैन ।

 

प्रदेश ७ को राजधानी कैलालीको धनगढी तोकिएपछि दिपालयमा आन्दोलन चर्किएको छ। धनगढीमा भने सरकारको निर्णयको स्वागत गरिएको छ।प्रदेश नम्बर ७ को राजधानी दिपायलमा नबनाएको विरोधमा डोटी कांग्रेसद्वारा पार्टी सदस्यता परित्याग गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस डोटीको कार्यसमितिको बैठकबाट नेपाली कांग्रेसकै सरकार हुँदा पनि प्रादेशिक राजधानी डोटी नबनाएको विरोधमा डोटीका सबै नेता कार्यकर्ताले साधारण सदस्यसमेत नरहने गरी पार्टी सदस्यता परित्याग गर्ने निर्णय गरेको हो ।

दीपावली

 

सात प्रदेशको प्रदेश प्रमुख :

सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो ।

प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ भन ५ जना कांग्रेसको सिफारिसमा हुनेछन् ।

प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस