Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारराष्ट्रिय सभामा एमालेलाई २९, माओवादीलाई १४

राष्ट्रिय सभामा एमालेलाई २९, माओवादीलाई १४


 नेकपा एमाले र माओवादीको संयुक्त कार्यदलले राष्ट्रिय सभाका ५६ मध्ये ४३ सिटको भागवण्डामा सहमति गरेको छ।

आज बसेको कार्यदलको बैठकले १४ सिट माओवादीले र २९ सिट एमालेले लिने गरी सहमति भएको माओवादी नेता मात्रिका यादवले बताए।

’१४ सिट माओवादी र २९ सिट एमालेले लिने गरी सहमति भएको छ’, यादवले भने, ‘बाँकी सिटबारे पछि सहमति गर्ने र अन्य दलहरुसँग पनि छलफल गर्ने छौं।’

राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुँदैछ। कार्यदलले गरेको निर्णयलाई पार्टी एकता संयोजनन समितिले अन्तिम रुप दिने छ। कार्यदलले राष्ट्रिय सभा र प्रदेश सरकारको निर्वाचबारे सुझाव र तयारी गर्ने गरी कार्यदल गठन गरेको थियो।




तपाईको प्रतिक्रिया दिनुहोस