Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रधानसेनापति क्षेत्री श्रीलंका भ्रमणमा जाँदै

प्रधानसेनापति क्षेत्री श्रीलंका भ्रमणमा जाँदै


श्रीलंका सेना प्रमुखको औपचारिक निमन्त्रणामा बुधबार प्रधानसेनापति राजेन्द्र क्षेत्री श्रीलंका भ्रमणमा जाँदै हुनुहुन्छ ।

भ्रमणका क्रममा प्रधानसेनापतिले श्रीलंका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सोही क्रममा उहाँले महत्वपूर्ण कमाण्ड हेडक्वार्टरहरुको समेत निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ ।

 

बलाधिकृत पूर्णचन्द्र थापाले प्रधानसेनापति क्षेत्रीको अनुपस्थितिमा कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन् ।

 

यही माघ ११ गते प्रधानसेनापति क्षेत्री भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुने नेपाली सेनाले जनाएको ।




तपाईको प्रतिक्रिया दिनुहोस