Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रिमियर लिग पहिलो, मेस्सी र रोनाल्डोले खेल्ने ला लिगा च्याम्पियनसिप भन्दा पछि

प्रिमियर लिग पहिलो, मेस्सी र रोनाल्डोले खेल्ने ला लिगा च्याम्पियनसिप भन्दा पछि


युरोपमा सन् २०१६–१७ को सिजनमा सबैभन्दा धेरै दर्शक रंगशालमा गएर हेरिएको लिग इंग्लिस प्रिमियर लिग रहेको प्रतिवेदनले देखाएको छ । गएको सिजन प्रिमियर लिगका २० टिमका खेल १३ मिलियन भन्दा बढी दर्शकले रंगशालमा गएर हेरेका थिए । दोस्रो स्थानमा जर्मन बुण्डेस लिगा रहेको छ । बुण्डेस लिगका १८ टिमका खेल १२ मिलियन भन्दा बढी दर्शकले हेरेका छन् ।

 

११ मिलियन भन्दा बढी दर्शक पाएको इंग्ल्याण्डको च्याम्पियनसिप तेस्रो स्थानमा छ । १० मिलियन भन्दा बढी दर्शक मैदानमा पाएको  विश्व फुटबलका दुई महारथी लियोनल मेस्सी र क्रिष्टियोनो रोनाल्डोले खेल्ने स्पेनिस ला लिगा चौथो स्थानमा छ ।

 

यो भन्दा अघिल्लो सिजन च्याम्पियनसिप बढी दर्शक पाउने युरोपका लिगमा चौथो स्थानमा थियो । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले गएको सिजनको विविध पक्ष समेटेर बनाएको प्रतिवेदनमा यस्तो देखिएको हो ।

 

बढी दर्शक पाउने युरोपका ६ लिग

१. प्रिमियर लिग (इंग्ल्याण्ड):२० टिम, ३८० खेल, १३, ६०७, ४२० दर्शक

२.  बुण्डेस लिगा (जर्मनी): १८ टिम, ३०६ खेल, १२, ७०३, ८९६ दर्शक

३. च्याम्पियनसिप (इंग्ल्याण्ड): २४ टिम, ५५२ खेल, ११, ०६६, ३६८ दर्शक

४. ला लिगा (स्पेन): २० टिम, ३८० खेल, १०, ६२१, ००० दर्शक

५.  सिरी ए (इटाली):  २० टिम, ३८० खेल, ८, ३७७, ८६० दर्शक

६. लिग वान (फ्रान्स):  २० टिम, ३८० खेल, ७, ९६५, ९४०

उज्यालो अनलाइन




तपाईको प्रतिक्रिया दिनुहोस