Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनेप्से, मध्यान्ह १२ बजेसम्म पाँच दसमलव ५८ अंंकले घट्यो

नेप्से, मध्यान्ह १२ बजेसम्म पाँच दसमलव ५८ अंंकले घट्यो


नेप्से आज पनि घट्दै गएको  छ  । साताको तेस्रो कारोवार दिन आज मंगलबार मध्यान्ह १२ बजेसम्म नेप्से पाँच दसमलव ५८ अंकले घटेको छ भने सेन्सिटिभ एक दसमलव २६ अंकले घटेको छ ।

यसबिचमा कुुल ८१ कम्पनीहरुको छ सय ३८ वटा कारोवारमा एक लाख १२ हजार तीन सय २८ कित्ता सेयर किनबेच हुुंदा कारोवार रकम तीन करोड ९९ लाख ८६ हजार नौ सय १४ रुपैयाँ पुुगेको छ ।

मध्यान्हसम्म नौ वटा समुहको कारोवार भएकोमा होटल र उत्पादनमुुलक समुहको सुचक सामान्य अंकले बढेर बाँणिज्य बैंक, बिकास बैंक, बीमा सहितका सात वटा समुहको सुचक उच्च अंकले घटेकाछन ।

यसबिचमा गोर्खाज फाईनान्सको सेयर मुुल्य दुुई रुपैयाँ १३ पैसाले बढेर एक सय ४४ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीको भने मध्यान्ह १२ बजेसम्म प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ७५ पैसाले घटेर १८ सय रुपैयाँमा कारोवार भएको छ ।

मध्यान्हसम्म सानिमामाई हाईड्रो पावर कम्पनीको प्रतिकित्ता चार सय ३९ रुपैयाँमा ७७ लाख २१ हजार पाँच सय ३० रुपैयाँको सेयर कारोवार भएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस