Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारआयोगले पाँच ठूला दलसँग परामर्श गर्दै

आयोगले पाँच ठूला दलसँग परामर्श गर्दै


निर्वाचन आयोगले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच शीर्ष दलका नेताहरुसँग छलफल गर्दैछ । आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा पाँच दलका नेताहरुसँग छलफल गर्न लागेको हो ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम रोकेको भन्ने एमाले, माओवादीलगायतका दलहरुको आरोपका बीच सर्वदलीय बैठक बोलाएको हो । बैठकमा एमाले, कांग्रेस, माओवादी, राजपा तथा संघीय समाजवादी फोरमका नेताहरुलाई आमन्त्रण गरेको छ ।

आयोगले प्रदेश प्रमुखको नियुक्तिमा भइरहेको ढिलाई, राष्ट्रिसभा निर्वाचनको विधि, प्रक्रिया तथा अन्य संवैधानिक तथा कानुनी जटिलताबारे छलफल गर्ने ।




तपाईको प्रतिक्रिया दिनुहोस