Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकालो नभई गोरो जन्मिए बच्चालाई ज्युदै मारिदिने अनौठो प्रचलन

कालो नभई गोरो जन्मिए बच्चालाई ज्युदै मारिदिने अनौठो प्रचलन


अंडमानमा बसोबास गर्ने जारवा नामक आदिवासी समुदायमा एक बिचित्र प्रथा छ, जुन सुन्दा पनि अचम्ममा परिन्छ । जहाँ कुनै बच्चा कालो नभई गोरो जन्मिए उक्त बच्चालाई मारिदिने प्रचलन रहेको छ । किनकी ऊ दोस्रो समुदायको लाग्नेछ । पछिल्लो केही महिनामा त्यहाँ यस्तो बच्चाको हत्याको घटना बाहिर आएको छ ।

 

अंडमान पुलिसलाई यो गाह्रो छ कि यो घटनाको छानबिन गर्ने कि जनजातिको परम्परा बचाइराख्ने । गत नोभेम्बरमा एउटा बच्चाको हत्या भएपछि प्रहरीसामु उजुरी दर्ता गराइए पनि प्रहरीले आफ्नो जातिको मानिस भनेर केही कारवाही गरेन ।

 

सरकारी तथ्याङ्कका अनुसार त्यहाँको जनसंख्या करिव ४०० छ । यी जनजाति अंडमान टापुको उत्तरी भेगमा ५५ हजार बर्षदेखि बसोबास गर्दै आएका छन् । यद्यपी यी जनजाति सन् १९९० मा बाहिरी दुँनियामा आएका थिए । जारवा इलाकामा विदेशी तथा बाहिरी मानिसहरुलाई आउन रोक छ ।

 

हाल यो घटना चर्चामा यसकारण छ कि उक्त घटना प्रहरीले जानकारी पाएपछि कारवाही गरेको थियो । बताइए अनुसार बच्चा जन्मिएको पाँच महिनापछि अचानक गायब भएको थियो र पछि माटोमुनि गाडिएको अवस्थामा फेला परेको थियो ।एजेन्सी




तपाईको प्रतिक्रिया दिनुहोस