Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारबीग बोसको उपाधि शिल्पा सिन्देलाई

बीग बोसको उपाधि शिल्पा सिन्देलाई


आइतवार साँझ लोनावलामा भएको फाइनल प्रतियोगितामा हिना खानलाई हराउँदै शिल्पा सिन्देले कलर्स च्यानलको चर्चित रियालिटी शो ‘बीग बोस’को ११ औ संस्करणको उपाधि जितेकी छिन् ।

 

कार्यक्रमलाई विशेष बनाउन सलमान खानका साथी अक्षय कुमार आफ्नो चलचित्र ‘प्याडम्यान’ को प्रमोशनका लागि पुगेका थिए ।

 

बिग बोसको घरमा शिल्पाले १०५ दिन बिताएकी थिइन् । आइतवार साँझ घर बाहिर निस्कन सुरु भएको थियो । सबै भन्दा पहिला घर बाहिर आएका पुनीष शर्मा चौथो भए भने विकास गुप्ता तेस्रो र हिना खान दोस्रो भए ।

 

बिग बोस बिजेताले ट्रफीको साथ ५० लाख नगद पाएकी छिन् । सन् १९९९ मा टेलिभिजनवाट करिअर सुरु गरेकी शिल्पा सिन्देले टेलिभिजन सिरियल ‘भाबी जी घर पर हे’ मा काम गरेकी ‘अंगुरी भाभी’को भुमिकामा अभिनय गरेकी थिइन् ।

 




तपाईको प्रतिक्रिया दिनुहोस