गृहपृष्ठ ∕ समाचार ∕ रेफ्री आफैले खेलाडीलाई हिर्काउने अनि रातो कार्ड देखाउने रेफ्री आफैले खेलाडीलाई हिर्काउने अनि रातो कार्ड देखाउने पुलेसो ६ माघ, २०७७, मंगलबार ८:३१ फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) र नान्टेसबिचको नान्टेसका खेलाडीलाई खुट्टाले हानेका रेफ्रीले गल्ती स्वीकार गरेका छन् । टोनी चाप्रोनले आफूले खराब तरिकाले प्रतिक्रिया दिएको स्वीकार गरेका हुन् । रेफ्रीले नान्टेसका खेलाडीलाई खुट्टाले हानेर रातो कार्ड देखाएका छन् । खेलको इन्जुरी समयका नान्टेसका डिफेन्डर डिएगो कार्लोस र रेफ्री टोनी चाप्रोन ठोक्किएका थिए । कार्लोससँग ठोक्किएका रेफ्री चाप्रोन मैदानमा लडे । उनले उठ्दै गर्दा अवस्थामा नान्टेसका डिफेन्डर कार्लोसलाई खुट्टाले हाने अनि खेलमा पहिले नै एउटा पहेँलो कार्ड पाएका कार्लोसलाई दोस्रो पहेँलो कार्ड देखाए । त्यसपछि गोजीबाट रातोकार्ड निकालेर कार्लोसलाई देखाएपछि उनी मैदानबाट बाहिरिन बाध्य भए । मैदानमा झुक्किएर ठोक्किएर लडेका रेफ्री आफैले खेलाडीलाई हिर्काउने अनि रातो कार्ड देखाउने गरेका हुन् । फ्रेन्च फुटबल एसोसिशन रेफ्री टोनीलाई थप अनुसन्धान नहुने बेलासम्मका लागि निलम्बित गरेको छ ।उज्यालो अनलाइन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका