Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारआज राष्ट्रिय भूकम्प सुरक्षा दिवस्

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस्


 नेपालमा प्रत्येक वर्षको माघ २ गते मनाइन्छ । विसं १९९० माघ २ गते नेपालमा आएको महाभुकम्पको सम्झनामा विसं २०५५ सालदेखि भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । सन् ९९९० मा आजकै दिन अर्थात माघ २ गते नेपालमा एउटा ठूलो विनाश भएको थियो । औला भाँचेर गन्ने हो भने आजभन्दा ८३ वर्ष अगाडिको कुरा हो त्यो महाविनाशको । त्यो भूकम्पका कथाहरु लिपिवद्ध त छैनन् र भूकम्प खेपेका अनि महसुस गरेका पुस्ताहरुको देहावसान समेत भइसकेको छ । ९० सालको भूकम्पका कथाहरु तपाई हामीमध्ये धेरैले हजुरबुवा-हजूरआमा, जिजूबुवा-जिजूआमाबाट सुनेका हुनसक्छौ । ९० सालमा यसो भयो, ९० सालमा उसो भयो र खासै भन्ने हो भने आज धेरैजसो नेपाली परिवारमा पछिल्लो पुस्तामा श्राद्ध या तर्पणको दिन पनि हुनसक्छ किनकि धेरै नेपाली परिवारले ९० सालमा आफ्ना प्रियजन गुमाएका छन् ।

भूकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० या ७० वर्षमा यो नेपाल अनि आसपासका क्षेत्रमा विध्वंशात्मक रुपमा आईनैरहेको छ र यस्को क्रम विसं २०७३ सालमा पनि कायमै रह्यो ।

१९९० को भूकम्पको वारेमा स्वर्गीय पुस्ताका केही वयोवृद्ध हजुरआमा अनि हजुरबुवाले सुनाउनुभएका अनुभव यहाँ जस्ताको तस्तै नभएपनि साराशंका रुपमा प्रस्तुत गर्न चाहन्छौ ।

उक्त दिन अर्थात आजको मिती माघ २ गते अन्य बेलाभन्दा धेरै चिसो र स्याँठ चलेको थियो, एक्कासी जमिन भित्रबाट कुनै दैत्य निस्कन आटेको जस्तो जमिन चटपटाउन थाल्यो, भीर अनि कान्लाबाट ठूला-ठूला ढुङ्गाहरु झर्न थाले, रातीको समय नभएकोले मेलापात गएका धेरै मान्छेहरु त्यस्ता ढुङ्गा र पहिरोमा परेर बिते । माटाका गार्ह्राले थिचेर घरभित्र धेरैको मृत्यू भयो र भूकम्पले घाईते भएकामध्ये धेरैको समयमै उपचार नपाएर क्रमशः उनिहरुले माटो खाँदै गए ।

माटो खानु अर्थात मृत्यू हुनु, उतिबेला ९० सालमा अहिलेको जस्तो धेरै अस्पताल र सुविधा थिएन, उपचार नपाएर पनि धेरैको मृत्यू भयो १ धेरै त्यस्ता नदिनाला अनि खहरे खोलाहरुले भूकम्पका कारण आफ्नो बाटो परिवर्तन गरे, कति पानीका मूल सुके भने कति नयाँ मूलहरू रसाएर आए । राणा शासनकालमा भएको त्यो प्राकृतीक अत्याचारको अनि क्षतीको सम्झनास्वरुप हरेक वर्ष माघ २ मा ुराष्ट्रिय भूकम्प सुरक्षा दिवसु मनाईन्छ ।

भूकम्प एउटा प्राकृतीक प्रकोप हो र यसलार्इ रोक्न नसकेपनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ । भूकम्प आफैले हामीलाई मार्ने हैन बरु भूकम्प आएपछि हामीहरुले बनाएका घर अनि गार्ह्राहरुले किचेर हाम्रो ज्यान जान्छ । २०७२ सालको महाभुम्पमा पनि धेरै जनाले ज्यान गुमाएका छन् र मृतकको संख्या बढाउनमा गलत जानकारी अनि गलत तरिकाले बनाएक भौतिक पूर्वाधारहरु जिम्मेवार छन् । टेबल मुनी लुक्ने, खाट मुनी लुक्ने अनि आड लाएर घरभित्रै बस्ने जस्ता अव्यवहारीक र न्यून तार्किक आयातित जानकारीका कारण धेरै जनाले समय पाउँदा पाउँदै पनि आफूलाई बचाउन सक्नुभएन् । वास्तवमा समय र परिस्थितीपरक भूँईचालो सम्बन्धि जानकारीहरु अझै नेपालमा प्रवाह गर्न जरुरी छ ।

२०७२ साल अगाडी नेपाली माटो अनि भौतिक पूर्वाधारका विषयमा भुँईचालो केन्द्रित धेरै अध्यनहरुले त्रासदीपूर्ण रिपोर्टहरु दिए तर सयौं शताब्दिदेखि डाडाकाँडा तथा भीर पाखाहरूमा बसोवास गर्दै आएका नेपालीहरुको विकासको पूर्वाधार र परम्परागत निर्माण शैली उति कमजोर भने छैन तर यसो भन्दैमा धेरै ब्यवसायीक अनि अत्यन्त जीर्ण भवनहरुमा भूकम्पको बेला वसोवास गर्न भने हुँदैन । ब्यापक जग्गा प्लटिङ र पहाडहरुको कटानी र फडानीमा अङ्कुश लगाउन आवश्यक छ ।

भूँईचालो पीडितहरुले आफ्नो राहत अनि सहयोग सहज प्राप्त गरुन्, वर्षाको पानी र हिउँदको स्याँठ सहजै खप्न सकून जसकालागि नियमित सामाजिक सद्भाव र सहयोगी मन सहितको सामाजिक सहकार्य आवश्यक छ । भूँईचालोले हल्लाएका सांस्कृतीक सम्पदाको जग अनि गार्ह्राहरु पुनः ठडिन जरुरी छ । ९० सालको भूँईचालोले टुक्राएको धरहरालाई ७२ सालको भूँईचालोले क्षणभरमै धूलो बनाइदियो, यी इतिहासहरु निमार्ण गर्नु छ । हाम्रो पात्रो 




तपाईको प्रतिक्रिया दिनुहोस