नेपालमा चिनियाँ इन्टरनेट जोडेपछि भारत चिन्तित
पुलेसो ५ माघ, २०७७, सोमबार १७:२२
नेपाल टेलिकमले इन्टरनेट सेवा चिनियाँ लिंकमा जोडिएका छन् । नेपालको साइबर सञ्जालमा भारतको दशकौं लामो एकाधिकारलाई चिनियाँ इन्टरनेटले तोडेको चीनले जानेको हो ।
परीक्षण परिणामले नयाँ फाइबर अप्टिक लिंकबाट काठमाडौं र हङकङको समयान्तर ७३ मिलिसेकेन्डले घट्नेछ । यो भारतीय ब्यान्डविथभन्दा ५० मिलिसेकेन्ड तीव्र गति रहेको चाइनिज मिडियाले लेखेका छन् । पहाडी इलाकामा बिछ्याइएको ८२ किलोमिटर लामो फाइबर अप्टिक लिंकले नेपालको इन्टरनेटको विविधता तथा सुरक्षालाई बढाउने अनि नेपालीहरूलाई सस्तो इन्टरनेट सुविधा उपलब्ध गराउनेछ । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलले शुक्रवार सेवा शुरु गरेको हो ।
चिनियाँ राजदूत यु होङले नेपालका लागि चीन–नेपाल फाइबर अप्टिक लिंकले दुई देशबीचको सम्पर्क बढ्ने अनि यसबाट द्विपक्षीय व्यापारमा वृद्धि हुने बताए । । वर्षौंसम्म नेपाल इन्टरनेटका लागि भारतीय टेलिकम कम्पनीहरू भारती एयरटेल र टाटा कम्युनिकेसन्सप्रति निर्भर थियो । जसकारण नेटवर्क बिग्रने समस्या भइरहन्थ्यो ।
चिनियाँ फाइबर अप्टिक लिंकलाई भारतीय सञ्चारमाध्यमले व्यापक रूपमा उल्लेख गरेका छन् । बेइजिङको प्रभाव नेपालमा बढेकोमा नयाँ दिल्ली चिन्तित हुने अवस्था रहनेछ।